निर्मलको ‘जीवन एक भोगाइ अनेक’ लोकार्पित

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७३, मंगलवार

पौष १२, काठमाण्डौ । गजलकार निर्मल पुरीले आफूले जीवनमा भोगेका र देखेका तितो यथार्थलाई समेटेरे ‘जीवन एक भोगाई अनेक’ गजलसंग्रह सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहमा निर्मलको ‘जीवन एक भोगाई अनेक’ ज्ञानुवाकर पौडेलले लोकार्पण गरेका हुन् ।jiwan-yek‘जीवन एक भोगाई अनेक’ गजलसंग्रहको लोकार्पण गर्दै पौडेलले भने, ‘निर्मलका गजलहरुमा जीवनका भोगाइका निर्मल शब्दहरु छन् । यस संग्रहले नेपाली गजल क्षेत्रमा एउटा ईटा थप्ने काम गरेको छ ।’ गजलकार निर्मलको ‘जीवन एक भोगाइ अनेक’ पहिलो कृति हो । धादिङमा जन्मेर राजधानीलाई कर्मथलो बनाउँदै आएका निर्मलले कृति लोकार्पण कार्यक्रममा भने, ‘आज मलाई आफ्नै भोगाइका कथाव्यथाले गजलकार बनाएको छ ।’ ‘जीवन एक भोगाइ अनेक हुँदोरहेछ, एउटै मसी लाखौं अक्षर लेख हुँदोरहेछ’ लोकार्पित गजलसंग्रहमा यस्तै यस्तै करिब चार दर्जन गजल समेटिएका छन् जसमा जीवनकै भोगाइहरु समेटिएका छन् । हन सक्छ, निर्मलका भोगाइहरु अरुका पनि भोगाइ हुनसक्छ । त्यसैले जीवन एक भोगाइ अनेक’ गजलप्रेमीका लागि मात्र नभइ जीवनका उकाली–ओरालीमा दुःखका कथा सुनेका र भोगेकाहरुका लागि पनि एक संग्रहणीय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु