निल डेभिडको मेकअप स्टुडियो सिलीगुडीमा पनि विस्तार

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७४, सोमबार

सिलीगुडी, भारत । सेलिब्रेटी हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो मेकअप स्टृुडियोलाई भारतको वेष्ट बंगालस्थित सिलीगुडीमा समेत विस्तार गरेका छन् । केही वर्षदेखि सिलुगडीमा हेयर सलुन सञ्चालन गर्दै आएका डेभिडले सलुनसँगै एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि विस्तार गरेका हुन्। अन्तराष्ट्रियस्तरको उनको एनडीके मेकअप स्टुडियो तथा एकेडेमीको एक समारोहबिच उनकै आमा तुलसा सिलवालले शुभारम्भ गरेकी हुन् ।

 

कार्यक्रममा निल डेभिडले आप्mनो मेकअप स्टुडियो र सलुन सन् २०१६ मा काठमाडौं र झापाको विर्तामोडबाट सञ्चालनमा ल्याएको जानकारी गराउँदै सिलुगुडीका सौन्दर्य पारखी तथा सेलिब्रेटीको माग बमोजिम त्यहाँ पनि मेकअप स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याइएको बताए । निलले थाइल्याण्ड, नयाँ दिल्ली, सिंगापुर र थाइल्याण्डका नाम चलेका हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टहरुका साथ हेयर स्टाइल र मेकअपसम्बन्धि तालिम र अध्ययनपछि नेपालमा आएर यी विधामा काम गर्न थालेका हुन्।

विभिन्न नेपाली सेलिब्रेटीलाई हेयर स्टाइलमार्फत नयाँ लुक्स प्रदान गर्दै नेपाल र भारतका विभिन्न स्थानमा हेयर सलुन सञ्चालन गरी पहिलो नेपाल आइडलको हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टसमेत रहेका निलले झापाको लक्ष्मीपुरस्थित जन्मथलोमा एसियाकै ठुलो हेयर एकेडेमीसमेत सञ्चालनमा ल्याउन लागेका छन् ।

‘मेरो जन्मभूमि लक्ष्मीपुरका लागि केही गर्ने ठुलो सपना थियो । यो सपना पूरा गर्न लक्ष्मीपुरमा एसियाकै ठुलो निल डेभिड्स इन्टरनेशनल हेयर एकेडेमी सञ्चालन गर्न लागेको हुँ’ उनले भने ‘आगामी बैशाख ८ गते सिलन्यास हुनेछ।’ उनका अनुसार यो एकेडेमी ४ तल्लाको हुनेछ। सिसै सिसाबाट बन्ने भवनमा विश्वका उत्कृष्ट ब्राण्ड र होष्टलको सुविधासमेत उपलब्ध हुनेछ। यो सपना ‘मेरोमात्र होइन, यसबाट धेरैको सपना साकार हुनेछ भन्ने विश्वास लिएको छु। यसबाट म वर्षेनी ३० जना गरिबलाई निः शुल्क ट्रेनिङ दिएर जब दिने योजना बनाएको छु’ उनले भने ‘यसबाट मेरोसँगै उनीहरुको सपना पनि पूरा हुनेछ र जीवनयापन सरल बन्न पुग्नेछ।’


निलले भारतमा पनि आप्mनो निल डेभिड्स हेयर सलुन ब्राण्डको फ्रेञ्चाईजी विस्तार हुँदै जाँदा झापाको लक्ष्मीपुर निल डेभिड्स इन्टरनेशनल हेयर एकेडेमी सञ्चालन गर्न लागेका हुन्। उनले मुम्बईको स्वस्ती मेनेमजेन्ट कम्पनीसँग भारतका विभिन्न शहरमा आप्mनो एक शय ब्राण्ड फ्रेञ्चाईजी सञ्चालन गर्ने गरी सम्झौता गरेका छन्।

जसअनुसार आसामको गुहाटीमा फ्रेञ्जाइजी सञ्चालनमा ल्याईसकेका छन् भने आगमी १६ जनवरीमा बलिउडका बिग बी अमिताभ बच्चनको नगरी अलाहबादमा अर्को फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। अलाहबादमा व्यवसायी सोमानीले १ करोड भारतिय रुपियाँको लागतमा २७ शय स्क्वायरमा सो फ्रेञ्चाइजी तयार गरिरहेको उनले बताए। यसका साथै वाराणासी, लखनउ, बेंगलोर र नयाँ दिल्लीमा समेत फ्रेञ्चाइजी सञ्चालनमा आउने उनले बताए ।

उनी भारतबाहेक अन्य देशमा पनि आप्mनो फ्रेञ्चाइजी सञ्चालन गर्ने तयारीमा छन्। उनका अनुसार सन् २०१९ मा अष्ट्रेलियाको सिड्नीमा समेत उनको फ्रेञ्चाइजी सञ्चालनमा आउनेछ। काठमाडौंमा आधा दर्जनका साथ बिर्तामोड, पथरी, नेपालगञ्ज, भैरहवा, र धरानमा समेत फ्रेञ्चाइजी खोल्ने सम्झौता गरिसकेका निलले पहिलोपटक एकै ठाउँमा महिला र पुरुषको हेयरसम्बन्धी सेवा दिने गरी अत्याधुनिक सुविधाका साथ निल डेभिड्स युनिसेक्स हेयर सलुन सञ्चालनमा ल्याएपछि उनलाई पछ्याँदै विभिन्न शहरमा त्यस खाले सलुन सञ्चालनमा आईरहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु