निशालाई नशा चढेपछि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार

जेठ २८, काठमाडौं । सङ्गीतमा विम्युजिक गरेकी निशा लिम्बुको दोस्रो एल्वम ‘आभाष’ श्रोतामाझ आउने तयारीमा छ । गायिका निशा लिम्बुको स्वर पछिल्लो समयमा चलचित्र क्षेत्रमा पनि गुञ्जन थालेको छ । पाश्र्व गायनमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेकी निशाले हालै चलचित्र ‘चिनारी’को एउटा गीतमा स्वर भरेकी छन् ।

यतिबेला गायिका निशा लिम्बु रुपको नशाले भन्दै दर्शक–स्रोता माझ आएकी छन् । उनकोे आभाष एल्वममा रहेको ‘रुपको नशाले…….’ गीत सार्वजनिक भएको छ । एक दशक अघि देखि मधुर साङगीतिक कोशेली दर्शक–स्रोतमाझ पुर्याउँदै आएकी निशाको यो गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु