नेपथ्यलाई बेनीमा भव्य स्वागत

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७०, आईतवार

काठमाडौं, ७ पुस । ‘शान्तिका लागि शिक्षा’ भन्ने नारा लिएर नेपथ्यको समूहलाई बेनीमा स्थानीय बासिन्दाले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका छन् । मंसिर २१ गते चितवनबाट सुरु गरेको सांगीतिक अभियान आज बेनीमा हुन लागेको सांगीतिक कार्यक्रमका लागि म्याग्दीको सदरमुकाम बेनी पुगेको हो ।
नेपथ्यको सांगीतिक कार्यक्रम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र म्याग्दी सामुदायीक पुस्तकालयको व्यवस्थापनमा आज दिउ“सो ३ बजेदेखि बेनीको रुची सिनेमा घरमा हुँदैछ । सांगितिक कार्यक्रम सफल बनाउन स्थानीय आयोजकले टिकट बिक्री, प्रचारप्रसार तथा हल व्यवस्थापन लगायतका तयारी पुरा भएको जनाएका छन् ।
बेनीको म्याग्दी सामुदायीक पुस्तकालयको क्षमता विस्तार गर्नका लागि आयस्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको नेपथ्य सांगीतिक अभियानमा नेपथ्यका कलाकार अमृत गुरुङको विशेष प्रस्तुती रहने बताइएको छ । सन २००२ मा शान्तिका लागि शिक्षा अभियान सुरु गरेको नेपथ्यको यो पा“चौ अभियान हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु