पत्रकार डम्बर गिरीको निधन

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७२, मंगलवार

भुगोल साप्ताहिकका प्रकाशक सम्पादक एवं पत्रकार महासंघका सदस्यसमेत रहेका पत्रकार डम्बर गिरीको आज निधन आएको छ । ५० वर्षीय गिरीलाई गत विहीबार मस्तिष्कघात भएपछि ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ब्रेन ह्यामरेजका कारण अल्का अस्पतालमा भर्ना गरिएका पत्रकार डम्बर गिरीलाई पाँचौं दिन भर्खरै भेन्टिलेटरबाट निकालिएको थियो । चिकित्सकहरुले थप उपचार गर्न नसकिने बताएपछि उनलाई भेन्टिलेटरबाट निकालिएको परिवार स्रोतले बताएको छ । आज पदउँसो १ बजे पशुपति आर्यघाटमा गिरीको अन्त्येष्टि गरिने जानकारी पत्रकार श्रेष्ठले दिए। वि.सं.२०४० सालदेखि ‘कुटुम्ब’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गिरी ‘भूगोल’ साप्ताहिक, ‘भूगोल’ मासिकका सम्पादक तथा प्रकाशक समेत थिए ।
तीन दशकअघिदेखि पत्रकारितामा गिरीको सम्लग्नता रहँदै आएका गिरीले पछिल्लो समय स्वतन्त्र भई स्तम्भकारका विभिन्न पत्रपत्रिकामा लेख्दै आएका थिए । झापा स्थायी घर भएका गिरीका श्रीमती एवं एक छोरा र एक छोरी रहेका छन् । मृदुभाषी सरल एवं मिलनसार पत्रकारका रुपमा परिचित गिरी साहित्यकारसमेत हुन् । उनले विभिन्न पत्रपत्रिकामा कविता एवं पुस्तक समेत प्रकाशित गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षदसमेत रहेका गिरीका ‘हिमालकी छोरीः पासाङ ल्हामु’, ‘युग पुरुष डा पवन चाम्लिङ’, ‘विचार कुञ्ज’ लगायतका पुस्तक प्रकाशित छन् । म्यूजिक खबर डटकम परिवार गिरीको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

damber giri

damber kumar giri damber kumar giri1 damber kumar giri2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु