पश्चिम बंगालमा नीलडेभिड् सेलून

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

काठमाडौं । नेपाली सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालको सेलूनको ब्राण्ड नेम अब भारतमा विक्री हुन थालेका छन् । हालै नेपालका केही शहरसहित भारतका कालिङ्पोङ, झारखण्डआदि शहरमा फ्रेन्चाइज ब्राण्ड सेलून खोलिसकेका नीलडेभिड्सले आफ्नो सेलूनलाई यो साता भारतको पश्चिम बंगालको दुर्गापुरमा समेत विस्तार गरेका छन् ।

आफ्नो हालसम्मकै ठूलो सेलून कोलकाता नजिकैको शहर दुर्गापुरमा नेपाल तेक्वान्दो संघका सदस्य कासिम मिया तथा नीलडेभिडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नीलडेभिडस्को ब्राण्ड दुर्गापुरका व्यवसायी बिमल जैनले लिएका हुन् । जैनले करिव २६ सय स्क्वायर फिटमा नीलडेभिड् सेलून सञ्चालन गरिएको जनाएका छन् । भारतको चण्डिगढपछिको दोस्रो व्यवस्थित शहरको रुपमा चिनिने दुर्गापुरमा नेपालीहरुको समेत उल्लेख्य संख्यामा बसोबास रहेको बताइन्छ ।14971733_10154340942418141_239311449_o-1नेपालको ब्रँण्डको फ्रान्चाइजी लिएर भारतमा नेपालीलाई स्थापितगराउने नीलडेभिड पहिलो ब्रँण्ड बनेका छन् । भारतीय व्यवसायीहरुले लाखौं रुपैया“ तिरेर नीलडेभिडको सेलूनको शाखा विस्तार गर्न थालेका हुन् । निकट भविष्यमै नीलडेभिडले कोलकोताको डमडममा समेत आफ्नो शाखा विस्तार गर्दैछन् । त्यसअघि उनले भारत तथा भुटानको सीमामा पर्ने जयगाउ“मा समेत आफ्ना शाखा विस्तार गर्ने क्रममा छन् ।

14963624_10154340942308141_1375014894_o

14971475_10154340942118141_131684631_o

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु