पाइलट तथा गीतकार कैलाश गुरुङको निधन

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७४, मंगलवार

जेठ १६, काठमाडौं । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन भएको छ । नेपाली सेनाका नामुद साहित्यकार एवं गीतकार तथा बहुप्रतिभाशाली व्यक्ति थिए कर्णेल गुरूङ । उनी नेपाली सेनाभित्र नामुद साहित्यकार एवं गीतकारका रूपमा परिचित छन् । गुरूङका पाँचवटा गीति एल्बम पनि सार्वजनिक छन् । उनका म्युजिक भिडियो पनि चर्चित छन् ।  उनको उपचारको क्रममा नेपालगञ्ज ल्याउँदै गर्दा निधन भएको हो ।

विमान अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।

kailash_gurung1
सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,” भाटले भने । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ । नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायब निरीक्षक भाटले बताए । उक्त जहाजमा नेपाली सेनाका मेजर अनिता आले र टेक्निसियन पूर्ण खड्का सवार थिए । उनीहरू दुबै घाइते छन् । कोपाइलट आलेको अवस्था गम्भीर छ ।

nepal-army

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु