पिडाको छटपटीमा शान्तिप्रिय (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७४, मंगलवार

malai jasto chhatapati (1)

वैशाख १९, काठमाडौं । गीतकार शान्तिप्रियले ल्याउन लागेको एल्वमका लागी तयार पारिएको तेश्रो गीत ‘मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होला….’को म्यूजिक भिडियो सार्वजनीक गरिएको छ । गायिका निखीता थापाको स्वरमा सजिएको शान्तिप्रियको यस गीतका संगीतकार दीपक शर्मा हुन् भने एरेञ्जर नरेन्द्र बियोगी हुन् । सेन्टिमेन्टल यस गीतलाई पत्रकार तथा निर्देशक सुब्रत आचार्यले म्यूजिक भिडियो निर्देशन गरेका छन् । जया शर्माले निर्देशक सहायक भएर काम गरेकी छिन् ।

malai jasto chhatapati (16) (1)
गीतमा नयाँ मोडल राज विक्रम थापा र अभिनेत्री खुश्बु खड्काले अभिनय गरेका छन् । बुढानिलकण्ठ वरपर एवं ग्रीन भ्याली रिसोर्ट डाडागाउँमा गीतको आकर्षक छायांकन गरिएको हो । गीतका छायांकार सुदिप बराल हुन् । गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
गीतकार शान्तिप्रियले प्रेमपिडामा गुज्रेका अथवा विछोड हुन गुगेका जोडीमा समर्पित भावमय गीत भएको बताए । जेठमा प्रकाशित हुने एल्वमका लागी यो गीत तयार पारीएको पनि उनले बताए । शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय छन् । उनको छक्कापञ्जाको देखन चम्पा गीत यस वर्षको निकै चर्चित भएको पनि थियो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु