पिनायो फेस्बिलमा कृष्णभक्त

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७०, बिहीबार

काठमाडौं । दृष्टिविहीन गायक तथा पियानोवादक कृष्णभक्त राईले यो साता अष्ट्रेलियामा तीन दिन विताउँदै छन् । उनी अष्ट्रेलियाको भियानामा १४ नोभेम्बरदेखि १६ सम्म हुने दृष्टिविहीनहरूको तेस्रो विश्वव्यापी पियानो फेस्टिवलमा सहभागी हुन त्यहाँ पगुेका हुन् ।
नेपाल–जापान इकोनोमिक अर्गनाइजेसनले आयोजनामा हुने फेस्टिवलमा सहभागी राई सहभागी हुने भएका हुन् । सो विश्वव्यापी फेस्टिवलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

krishnabhakta rai
कार्यक्रममा नेपाल संयोजक गायक राजेशपायल राईले थुप्रै कलाकारमध्येबाट कृष्णभक्त छनोट परेको बताए । हरेक ४–४ वर्षमा हुने सो पियानो प्रतियोगितामा विजेताले ३ लाख युरो पाउने जनाइएको छ । जापानबाट आएका जीवन राजोपाध्याय र गायक राजेश पायलको संयोजत्वमा आयोजित कार्यक्रममा नेत्रहीन गायक कृष्णभक्तले फेस्टिवलमा प्रस्तुत गर्ने पियानोको धुन सुनाएका थिए । उनले आफूले २२ वटासम्म बाजा बजाउन सक्ने भए पनि फेस्टिवल पियानोको मात्र भएकाले तीनवटा पियानोको धुन प्रस्तुत गर्ने बताए ।
कार्यक्रममा गायक राजेश पायलले कृष्णझक्त दृष्टिविहीन भए पनि उनको प्रतिभाको कदर गर्नुपर्ने बताए । धनकुटामा जन्मिएका कृष्णभक्तले दुई दशकअघि सारंगीबाट सांगीतिक यात्रा प्रारम्भ गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु