पुरानो भाकाको मौलिक तीज गीत ‘कहाँमा जान्छौं रानी चरि बगाल’

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७४, बुधबार

असार २१, काठमाडौं । पछिल्लो समयमा नेपाली गीत संगीतले नै तीज गीतको मौलिकता र वास्तविक मान्यता घटाउँदै गएको पाइन्छ ।

तीज गीतका नाममा रत्यौली गीत हावी भएको परिस्थितिमा गायिका कल्पना कुसुमले भने मौलिक तीज गीत लिएर आएकी छिन् ।

pabitra-acharya

हरेक बर्षको तीजमा कुनै न कुनै कोशेली पस्किँदै आएकी कल्पनाले यो पटक ‘कहाँमा जान्छौ रानी चरी बगाल’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

सृजना कार्कीको श्रृङ्गारमा सजिएका पवित्रा आचार्य र गायिका कल्पना कुसुमले यो गीतमा कम्मर मर्काएका छन् ।

बैकुण्ठ महत र नारायण सापकोटाको शब्दमा संगीत बैकुण्ठले नै भरेका छन् भने भिडियोको छायांकन दिनेश वान्तवाले गरेका हुन् ।

आफ्नो नृत्यमा कोरियोग्राफी पनि अभिनेत्री पवित्रा आचार्यले नै गरेकी हुन् भने भिडियो निर्देशन वसन्त निरौलाले गरेका हुन् ।

हेरौ भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु