प्रतिष्ठानमा बाजुरालीको प्रस्ताव कति प्रभावकारी होला ?

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७३, आईतवार

काठमाडौं । राष्ट्रिय लोक दोहोरी प्रतितष्ठान नेपालका केन्द्रीय सदस्य विनोद बाजुराली यस क्षेत्रका हितका लागि केही प्रस्ताव अघि सारेका छन् । केही दिनअघि प्रतिष्ठानको गोकर्ण रिसोर्टमा बसेको बैठकमा उनले लोक संगीतमा रहेका विकृति औंल्याउनुका साथै त्यस विरुद्ध आफ्ना लिखित धारणा प्रस्तुत गरेका हुन् ।

बाजुरालीले प्रस्तुत गरेको प्रस्ताव

समग्र गीत संगीतको क्षेत्रमा लोकगीत संगीतले शीर्ष भूमिका निर्वाह गरेको त छ नै नेपाली मौलिक गीत संगीतको प्रतिनिधित्व गर्दै मूल पहिचानको रुपमा रहेको यहाँहरुलाई विदितै छ । हामीले सगौरव यो भनिरहँदा यस लोक दाहोरीका क्षेत्रमा तमाम अप्ठ्याराहरु, चुनौतीहरु र विकृति विसंगतिले घेरिएको अवस्था छ । यी कुराहरुलाई निम्न रुपमा बुँदागत गर्ने कोशिस गरेको छु ।
– स्वरांकित गीतहरुमा शब्द, संगीत तथा गायकिमा मौलिकता हराउनु, उत्छृखलता, अश्लिलताले प्रवेश पाउनु ।
– प्रत्यक्ष रङ्गमञ्चीय कार्यक्रमहरुमा अनिवार्य रुपमा दोहोरीको समावेश घट्दो क्रममा रहनु ।
– श्रष्टा, सर्जक एवं दोहोरीकर्मीको सुनिशिचत भविष्यको अनिश्चितता ।
– प्रत्यक्ष दोहरीमा नयाँ पुस्ता (प्रवेशी)को आकर्षण घट्दो, जसका कारण संस्कृतिको पुस्ता हस्तान्तरणमा जटिलता ।
– परिवर्तित सञ्चार प्रणाली र मनोरञ्जकीय साधनको विविधतामा हामीले आप्mनो पहुँच कायम गर्न नसक्नु र विभिन्न श्रव्य दृश्य सामग्रीहरुमा नयाँ पुस्ता, आकर्षित हुनु ।
– लोकप्रिय दोहारी साँझमा अन्य गीत संगीतले प्रवेश पाएर शीर्ष दोहोरीलाई नै विस्थापित गर्ने स्थिति तर्फ उन्मुख हुनु ।
– दोहोरी साँझको दोेहोरीमा मौलिक जुहारी चल्नुको सट्टा टेबल र ग्राहक केन्द्रीत गीतहरुमा केन्द्रीत हुनु ।
– दोहोरी साँझकर्मी कलाकारहरुमा न्यूनतम ज्याला, काम गर्ने समयावधिको निश्चित मापदण्डको अभाव रहनु र रोजगार र आर्थिक भविष्यमा अन्यौलता हुनु ।
– यदि विधानगत कार्यक्षेत्रमा पर्छ भने गीत संगीतको विभिन्न मौलिक पक्ष जस्तै हाक्पारे, सोरठी, सालैजो, कौणा, सेलो, मारुनी, ठाडो भाका, देउडा, हुइकेउली चाँचरी, झिठ्ठा, ढोलकीया, आदिका प्रवद्र्धन संरक्षणमा ध्यानाकृष्ट नहुनु ।
–  हामी श्रष्टा सर्जक एवं लोक दोहोरीकर्मीहरुको समस्या र समग्र मौलिक सांगीतिक पहिचानको सवालमा राज्यको उदासिनता हुनु ।

binod-bajureli

हाम्रो संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कयौं सामाजिक दायित्व हुँदाहुँदै पनि तत्काल वार्षिक रुपमा निम्न कार्ययोजनाहरुलाई अघि सारेको छ ।
१) विकृति निर्मुलीकरण अभियान
क) बृहत भेलाद्वारा सरोकारवाला संघ, संस्था, व्यक्तिहरुको ऐक्यबद्धता सहितको प्रतिबद्धता पत्रमा हस्ताक्षर संकलन गर्दै अन्य संघ संस्थासित पत्राचार गर्ने ।
श्रव्य (एरेञ्जर, रकेर्डिङ, बाद्यवादन, स्टुडियो,)
भिडियो (निर्देशक, क्यामेराम्यान, एडिटर, प्रोडक्सन हाउस)
वितरक (युटुव, सिआर, विटी, पिआर विटी आदि)
संचार (एफएम रेडियो, टेलिभिजन, केवल नेटवर्कको छाता संगठन) र स्थानीय टि.भी
श्रष्टा (गीतकार, संगीतकार, गायक,

सम्पूर्णका हस्ताक्षर सहित गृह मन्त्रालयमा डेलिगेसन दिने राष्ट्रब्यापी सर्कुलेशनको लागि अुनरोध गर्ने ।)
१) सुझाव तथा अनुगमन समिति
क) प्रतिष्ठानको सांगठनिक संरचना अनुसार केन्द्रीय प्रदेशीय, जिल्ला स्तरीय तथा अन्य साना इकाई स्तरीय सुझाव तथा अनुगमन समिति गठन गर्ने र सो समितिले प्रत्यक्ष रंगमञ्चीय कार्यक्रममा श्रव्य तथा दृश्ययुक्त क्रियाकलापलाई अनुगमन गर्ने, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराउन समन्वय गर्दै आवश्यक कार्यवाही अगाडि बढाउन पहल गर्ने ।
ख) रेकर्डिङ हुने गीतमा यदि त्यस्तो पहिले सुझावको अपेक्षा राखेमा हाम्रो सुझाव तथा अनुगमन समितिको सुझाव अनुसार कार्य अगाडि बढाउने ।

नोटः सुझाव तथा अनुगमन समिति संगीत सेन्सर बोर्डको पूर्वाभ्यासको रुपमा रहने र यसका पदाधिकारीलाई सामान्य सेवा सुविधा समेत प्रदान गरिनेछ । सुझाव समितिमा भू.पु. केन्द्रीय अध्यक्ष, अग्रज कलाकार, कानूनविद्, गीतसंगीत विज्ञ, पत्रकार आदि रहेनछन् ।

२) यूट्युव दोहोरी प्रतियोगिता
क) हाम्रा सुपरिचित दोहोरी गायक गायिका बचि दोहोरी प्रतियोगिता गराई त्यसको भिडियो युट्युबमा अपलोड गरी समग्र देश बाहिर र भित्रका दर्शकहरुको प्रत्यक्ष संलग्नतामा निर्णय गराउने र विजेता घोषित गर्ने ।

३) दोहोरी साँझ सुदृढीकरण अभियान
क) सम्पूर्ण दोहोरी साँझकर्मीहरुको न्यूनतम ज्याला, काम गर्ने अवधिको सुनिश्चितता गर्नको लागि सम्बन्धित निकायहरुसित समन्वय गर्ने । दशैंको समयमा अनिवार्य बोनसको रुपमा एक महिनाको तलब दोब्बर गराउनु पर्ने, अनिवार्य जीवन विमा
(पेन्सनको रुपमा) व्यवस्था गर्नु गराउनु पर्ने ।
ख) दोहोरी साँझमा अन्य गीत संगीतलाई प्राथमिकता नदिने प्रतिबद्धता जाहेर गराउने ।
ग) हाम्रो प्रतिष्ठान अन्तर्गत दोहोरी साँझ विभाग गठन गरी सोको मातहतमा दोहोरी साँझकर्मी अक्षयकोषको स्थापना गरी प्रत्येक दोहारी साँझले मासिक रुपमा यथोचित रकम जम्मा गर्ने र सो रकम भै परि आउँदा दोहोरीकर्मीको हितमा प्रयोग गर्ने ।
घ) दोहोरी साँझमा प्रयोग हुने मादल, बाँसुरी, ढोलक आदि बाद्यवादनका सामाग्रीहरु र लोक नृत्यको प्रशिक्षण केन्द्र सञ्चालन गर्ने ।
ङ) मौलिक, सभ्य र सुसंस्कृत दोहारी गीत र दोहोरी साँझको वातावरण निर्माणको निमित्त प्रतिष्ठानले विनियमको प्रयोग गरी नमूना दोहारी साँझ सञ्चालन गर्ने । जसलाई टेन्डर प्रक्रियाद्वारा लिजमा दिने र त्यसको आर्थिक उपार्जनलाई सामाजिक अथवा सम्पूर्ण कलाकारहरुको सामूहिक हितमा प्रयोग गर्न ।
४) श्रष्टा सर्जक बचाउ अभियान
क) कतिपय व्यक्ति संघसंस्थाले लोक गीत संकलन भएकोले रोयल्टी पाउनु हुन्न भन्ने आवाज उठाएका हुनाले त्यसको प्रतिरोधमा पहल गर्ने ।
ख) रेकर्ड भएका गीतसंगीत र भिडियोको हकमा वितरण प्रणालीलाई सुदृढ र आर्थिक उपार्जनमुखी बनाउन आप्mनै एप्स अथवा सप्mटवेयर (जस्तैः हट स्टार) डेभलपको निमित्त राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरु सित परामर्श गरी सम्भाव्यता अध्ययनको लागि समिति गठन गर्ने । यसको निमित्त हाम्रो सम्पूर्ण आम्दानी र देश विदेशबाट प्राप्त हुने आर्थिक सहयोगको उपयोग गर्ने ।
५) संगठन सुदृढीकरण अभियान
यदि विधान सम्मत हुन्छ भने हाम्रा संगठनको केन्द्रीय समितिका मातहतमा

विधागत विभाग
क) वितरक कम्पनी विभाग
ख) रेकर्डिङ गीत विभाग
ग) दोहोरी साँझ (विभाग गायक वाद्यवादन कार्य विधागत विभाग)
घ) संगीत संयोजक विभाग
ङ) रेकर्डिङ विभाग
च) स्टुडियो विभाग
छ) निर्देशक विभाग
ज) एडिटर विभाग
झ) क्यामेरा लगायत प्राविधिक विभाग
ञ) निर्माण कम्पनी विभाग

सांगीतिक विधागत विभाग
क) सालैजो विभाग
ख) कौडा विभाग
ग) देउडा विभाग
घ) हाक्पारे विभाग यसैगरी अन्य विभागहरु

६) कार्यालय सुढृदीकरण अभियान
१) साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्य आदिको व्यक्तिगत विवरण फोटो सहित रजिष्ट्रर गर्ने, कम्प्यूटरराइजको लागि सप्mटवेयर डेभलप गर्ने ।
२) नियमित जनसम्पर्कको लागि आप्mनै युट्युव, ट्वीटर र फेसबुक एकाउण्ट संचालन गर्ने ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु