प्रतिष्ठानले ल्यायो ‘अम्बर गुरुङ स्मृतिग्रन्थ’

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार

२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रगानका संगीतकार एवं दिवंगत गायक संगीतकार अम्बर गुरुङका बारेमा ‘अम्बर गुरुङ स्मृतिग्रन्थ’ प्रकाशनमा आएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गुरुङको दोस्रो वार्षिक पुण्य तिथिको दिन शुक्रबार यो पुस्तकलाई सार्वजनिक गरेको हो ।

अम्बर गुरुङसँग जोडिएका विभिन्न स्रष्टाको लेख यो कृतिमा संग्रहित छ । प्रतिष्ठानको संगीत विभागले यो पुस्तकलाई प्रकाशन गरेको हो । गुरुङका बारेमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, विजयकुमार राई, बैरागी काइँला शान्ति ठटाल, नगेन्द्र थापा, अभि सुवेदीसहित ५० जनाभन्दा बढी स्रष्टाको लेख यो ग्रन्थमा प्रकाशित छ । लेखका साथै गुरुङको जीवनी झल्कने प्रकारका विभिन्न कालखण्डका तस्बिर पनि यो पुस्तकमा संग्रहित छन् ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत रहेका गुरुङका बारेमा प्रतिष्ठानका अहिलेका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) उपकुलपति शम्भूजित बाँस्कोटा, सदस्य सचिव गणेश रसिकसहित सो प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यको स्मरण पनि प्रकाशित छ । ग्रन्थमा अम्बर गुरुङका हालसम्मकाप्रकाशित, अप्रकाशित प्रतिनिधिमूलक लेख, रचना र तस्बिरलाई समेत समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु