प्रमोदको नयाँ शैली, नयाँ प्रयोग ”दन्तैमा”

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७४, बुधबार

५ पुष, काठमाडौं । सधैं फरक फ्लेबरका गीतहरु सार्वजनिक गरेर स्रोताहरुको मन जित्न सफल गायक प्रमोद खरेलले पछिल्लो गीत दन्तैमा लिएर आएका छन् । एकपछि अर्को गर्दै चर्चाको शिखरमा गीतसँगै आफूलाई पु¥याइरहेका गायक खरेलको स्वरमा रहेको दन्तैमा पनि युवापुस्तालाई लक्षित गरिएको गीतका रुपमा प्रस्तुत भएको छ ।

यो गीतमा शंकर थापाको संगीत, डीपी खनालको शब्द छ । यो गीतको भिडियोमा प्रमोद आफैले मोडलिङ गरेका छन् । उनको साथमा, नेपाली ठिटोज, सुनिल क्षेत्री तथा प्राञ्जली सापकोटालाई फिचरिङ गरिएको छ । नेपाली ठिटोजले नै यो गीतको भिडियोको कोरियोग्राफी गरेको हो ।

पवन सुम्लिङको छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । ओइ झुमा, चल बतास चलल जस्ता गीतले पनि उत्तिकै चर्चा बटुलेका प्रमोदले ‘लाइदेउन मायाले’ पछि आफूलाई यो गीतबाट बढी आशा भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु