प्रमसँग हमाल र डिसी पनि भारत प्रस्थान ! ‘नेपाल-भारत कलाक्षेत्र’ विषयमा अन्तरक्रिया हुने !

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

प्रम भ्रमण टोलीसँगै हमाल र डिसी पनि भारत प्रस्थान विशिष्ट कलाकारहरुसँग नेपाल भारत कलाक्षेत्रको विषयमा अन्तरक्रिया हुने


चैत्र २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलाकारहरुको प्रतिनिधी गर्दै अभिनेता राजेश हमाल र निर्देशक दिनेश डिसी पनि भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली चलचित्र जगतको विकास र प्रवर्धन गर्ने हेतु र नेपालमा भारतीय फिल्मको छयांकन गर्ने वातावरण बनाई नेपालको पर्यटनलाई बिकाश गर्ने उदेश्यका साथ आफ्नो भारत भ्रमण टोलीमा नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक कलाकारहरुलाई पनि स्थान दिएका हुन् ।

नेपाल र भारतको कला क्षेत्रलाई जोड्नकालागि कलाकार समेतलाई संलग्न गराउनु खुशीको कुरा हो ।

प्रमको भ्रमण टोलीमा पस्थान गरेका कलाकारहरुले नयाँदिल्लीमा रहँदो बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । त्यसमा नेपाल र भारतको कलाक्षेत्रको सहकार्यका विषयमा छलफल हुनेछ ।
नेपाली कलाकारिता क्षेत्रका अग्रज एवं बौदिक भनिदै आएका यी कलाकारहरुको साथमा बलिउडका प्रतिष्ठित कलकारहरुसँग भेटघार र अन्तरक्रिया गर्ने कार्यक्रम तय भैसकेको छ ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ ।

भ्रमण टोलीका अभिनेता राजेश हमाल र निर्देशक दिनेश डिसी लगायत अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमणमा नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौजनाको पनि सहभागिता रहनेछ ।

३ दिने औपचारिक भ्रमण सकाएर प्रधानमन्त्रीसहितको टोली आइतबार स्वदेश फर्कने छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु