फाउन्डेसनको नाशिक शाखा गठन

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७३, सोमबार

भारत । फूलमाया कार्की फाउन्डेसनको भारस्थित नाशिक शाखा गठन गरिएको छ । फाउन्डेसनका अध्यक्ष तथा गायक विरही कार्कीले नाशिक शाखाको उद्घाटन गरेका हुन् । शाखाको अध्यक्षमा करण अधिकारी रहेका छन् भने उपाध्यक्षमा कमल थापा रहेका छन् । त्यस्तै महासचिवमा लक्षण सिंह, कोषाध्यक्षमा रिता अधिकारी रहेका छन् ।

nashik shakha

फाउन्डेशन नाशिक शाखाकै आयोजनामा भएको तिज विशेष कार्यक्रमका अवसरमा शाखाका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो । स्सलिम मामा शेख (महानगर पालिका सभापति) प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सभापति भने फाउन्डेशन नाशिक शाखाका अध्यक्ष करण अधिकारी रहेका थिए । त्यस्तै फाउन्डेशनका केन्द्रीय अध्यक्ष विरही कार्की र समाजसेवी योगेश गाङगोडेको विशेष आत्थियमा उक्त तिज विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

phoolmaya karki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु