फेशन संसार डक कमले फेशन स्केच प्रतियोगिता गर्दै !

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७४, बुधबार

चित्रमा माया, प्रेम र रोमान्स झल्किने ड्रेसको डिजाइन बनाउनु पर्नेछ !


काठमाण्डौं । फेशन डिजाइनमा रुचि राख्ने ब्यक्ति हरुलाई लक्षित गर्दै नेशनल फेशन स्केच कम्पिटिशन को सिजन २ आयोजना गर्ने भएको छ । प्रेम दिवस अर्थात भेलेनटाइन डे नजिकिदै गरेकोले यस पटकको चित्रकला प्रतियोगितामा माया, प्रेम र रोमान्स झल्किने सुन्दर ड्रेसको डिजाइन बनाउनु पर्ने छ र डिजाइनरले आफ्नो नाम सोही चित्रको छेऊमा लेख्नुपर्ने छ ।

यस प्रतियोगितामा भागलिनको लागि इच्छुक ब्यक्तिले प्रथमत फेशन संसारको कार्यालय बाट फर्म लिई अथवा पेजमा उपलब्ध फर्म प्रिन्ट गरि फर्म भरेर आफ्नो सक्कली डिजाइन सहित यहि जनवरी २० सम्ममा फेशन संसारको कार्यालय डिल्लिबजार काठमाण्डौमा बुझाउनु पर्ने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रथम , द्धितिय र तृतिय साथै दर्शक द्धारा धेरै मनपराइएको डिजाइनलाई सम्मान प्रमाणपत्रको साथै ट्रफि प्रदान गरिने छ र प्रतियोगि सबैलाई प्रमाणपत्र उपलब्ध गराईने जानकारी फेशन संसारकि डाईरेक्टर सुरक्षा भट्टराई ले गराउनु भएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु