फेसबुकको प्रोफाइल फोटो नेपाली झण्डामय बनाउने हो ?

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७२, आईतवार

काठमाडौं । फेसबुक प्रोफाइल फोटोमा नेपाली झण्डा राख्ने होड अहिले सबै नेपाली फेसबुक प्रयोगकर्ताहरुमा रहेको छ। फेसबुकमा प्रोफाइल फोटोलाई नेपाली झन्डाले रङ्ग्याउने ट्रेन्ड सुरु भएको छ । यो एप्लिकेशन आएको मात्र पाँच दिन भयो । पाँच दिन मै यो एप्लिकेशन यति प्रख्यात भयो कि मात्र पाँच दिनमा यसले ५७ हजार लाइक्स पाएको थियो। यही एपका कारण अहिले नेपालीहरुले आफ्नो प्रोफाइल फोटोमा राष्ट्रियताको भाव झल्काउन सकेका छन्। यो एप्लिकेशन २० बर्षिय सुवास पाठकले बनाएका हुन्। उनी एक सफ्टवेयर डेभलपर हुन्। अहिले भइरहेको नेपालको स्थितिमा राष्ट्रियता झल्काउन फोटोसपका मद्दतले उनले आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राखेको थिए। सबै साथीहरुले पनि फोटोसपका मद्दतले आफ्नो प्रोफाइल फोटोमा पनि नेपालको झण्डा राख्न उनलाई आग्रह गरे। उनले भने, ‘सबैको फोटोमा नेपालको झण्डा राख्न असम्भव थियो। यहि कुराले गर्दा मलाई यो एप्लिकेशन बनाउने सोच आयो र २ घण्टामै मैले यो एप्लिकेशन तयार पारें। उनले नेपालको अहिलेको परिस्थिति बुझेर यस्तो कन्सेप्ट बनाएको बताउँछन् । उनले भने, ‘विश्वमा कुनै कुराको सपोर्ट गर्न पर्योत भने फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्ने ट्रेन्ड चलेको छ । त्यही भएर अहिले राष्ट्रियताको लागि यो कन्सेप्ट ल्याएको हुँ ।’ उनले भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालको समर्थनको लागि यो कन्सेप्ट ल्याएको बताए । यो एप्लिकेशन यति धेरै लोकप्रिय हुन्छ भन्ने कुरा मैले सोचेको पनि थिइन।’

Nepali-watermark flag
हाल यो गुगल क्रोम र मोेजिला फायरफक्समा उपलब्ध रहेको छ। कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी ‘क्लिक एण्ड गो’ बाटै बनाउन सकिन्छ , क्लिक गरिसकेपछि तपाइलाई नयाँ फोटो अपलोड गर्ने वा फेसबुककै फोटोलाई रंग्याउने अप्सन छन् ।
त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस :

http://sundar-nepal.subash.me/

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु