बसन्ताको ‘यो तिजमा नाच्नुपर्छ’ चर्चा बटु्ल्दै

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७४, बिहीबार

Basenta.Prakriti

साउन १२, काठमाडौं । नेपाली संगीत बजारमा यतिबेला तिज गीतले प्राथमिकता पाएको छ । तिजलाई नै लक्षित गरेर सार्वजनिक भएका कयौं तिज गीत मध्ये गायिका बसन्ता प्रकृतिको ‘यो तिजमा नाँच्नुपर्छ एकछिन नरोकी’ बोलको गीत यतिबेला चर्चा बटुल्न सफल भएको छ ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् जसमा निता ढुंगानाले कम्मर मर्काएकी छन् । शम्भु चालीसेको छायाँकन रहेको भिडियोलाई रविन वि.कले सम्पादन गरेका हुन् ।

बसन्ताले केही समय पहिला ‘मनमा’ एल्वम ल्याएकी थिइन । एल्वमा रहेका गीतले राम्रै चर्चा पाएका थिए । ‘मनमा’को गीतलाई दर्शक÷स्रोताले राम्रै मन पराइदिनु भयो यो तीजको गीतले पनि यतिवेला राम्रै चर्चा पाइरहेको छ उत्साहित भएकी छु’, बसन्ताले भनिन् ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु