बादलभित्र जून लुकेको बेला

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७३, मंगलवार

मङ्सिर २८, काठमाडौं । बादलभित्र जून लुकेको बेला, बाटोबीच ठेस लागेको बेला… गीतकार धनबीर थापाका शब्दमा संगीतकार राजु सिंहको संगीतमा दिपक लिम्बूको सुमधुर स्वर सजिएको छ । वेष्ट टोन म्यूजिकले बजार प्रबद्र्धन गरेको बादलभित्र जून बोलको एल्बम अब छिट्टै बजारमा आउन लागेको छ ।

badalbhitra-joon
गीतकार वसन्त वित्यासी थापाको प्रस्तुतिमा आउन लागेको एल्बम बादलभित्र जून को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सारिका घिमिरे र दिनेश केसीको अभिनय रहेको यस भिडियोलाई सन्जय पाण्डेले निर्देशन गरेका हुन् । नवराज उप्रेती र राजेन्द्र पाण्डेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई राजेन्द्र पाण्डेले सम्पादन गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु