बाल्यकालको याद गर्दै जुना र दिपक ! भन्छन्–‘उमेर सँगै ति दिन पनि गए बरिलै’

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७४, बिहीबार

पौष २७, काठमाडौं । थुप्रै गीतहरुमा सुमधुर स्वर दिएकी चर्चित गायिका जुना प्रसाईं र उतिकै चर्चित संगीतकार दिपक शर्मालाई यतिबेला बाल्यकालको यादले सताएको छ । भर्खरै सार्वजनिक भएको गीत ‘ताराबाजी लै लै’ मा यस्तो भाव समेटिएको हो ।  ‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माका शब्दमा स्वयं शर्माले नै संगीत भरेका छन् ।

गीत सुनेपछि सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ ।
जुनाले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

 

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ। निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

हेर्नुहोस भिडियो यस्तो छ :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु