भड्किली गागा

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७१, शनिबार

पपगायिका लेडी गागा आफ्नो ड्रेसिङ सेन्स र फेशन स्टाइलका कारण सधँै चर्चामा रहने गर्छिन् । तर, यसपटक उनको बढी नै चर्चा भयो । पछिल्लो पटक उनले पारदर्शी स्कर्ट पहिरिएर दर्शकलाई चकित बनाएकी छिन् । कुनै कार्यक्रममा नभई एयरपोर्टमा उनी यस्तो पहिरनमा पुगेकी थिइन् ।
ग्रिसको राजधानी एथेन्सको अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मी र प्रशंसकहरूसँग यस्तो पहिरनमा भलाकुसारी गरेकी थिइन् । स्काई हाइहिल्स लगाएर र सी शेल सेपको ब्रा लगाएर गागा फ्यान्स तथा सञ्चारकर्मीमाझ पुग्दा सबै चकित थिए ।
यस्ता भड्किला पहिरनले उनलाई कतिपय अवस्थामा धोकासमेत दिने गरेका छन् । टाइट प्यान्ट लगाएर एकपटक सांगीतिक प्रस्तुति दिने क्रममा  निहुँरिदा उनको प्यान्ट च्यातिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु