‘भाग्यले बाँचेकाहरुः दुर्लभ सम्पत्ति

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७२, शुक्रबार

काठमाडौं – काठमाडौँको बसपार्कमा ६ तले घरले थिचिएिका ऋषि खनालले आफ्नै पिसाब पिएर ६ दिनसम्म ज्यान बचाए । सशस्त्र प्रहरीले उनलाई उद्धार त गर्यो तर एउटा खुट्टा गुमाए । नुवाकोटका उत्सना शर्माले आफ्नो सास थाम्न सकिनन् । पेम्बा तामाङलाई ६ दिनपछि सुरुङबाट सकुशल निकालियो ।

हेटौँडाबाट यसै बर्ष ९ कक्षामा पढ्न आएकी प्रिया बिकले पनि एउटा खुट्टा गुमाइन् । खुट्टा गुमाएको दर्दले उनी आफ्नो आँशु रोक्न सकिनन् । प्रियाको आँसुले आमाको आँश पनि थामिएनन् । काठमाडौँ नयाँ बसपार्कमै परेका दैलेखका रमेश खत्रीको दुईवटै खुट्टा छैनन् । उनका खुट्टा भूकम्पले नै खायो । उनी पनि त्यसरी नै रोए, आफ्नो भविष्य सोच्दै ।
बैशाख १२ गतेको त्यो त्रासदीपूर्ण दिन । चाहेर कस्ले बिर्सन सक्ला ? त्यही कहालीलाग्दो दिनमा बाँच्ने र बचाउनेहरुको कथामा समर्पित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरुः मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ ले शनिबार धेरैलाई गहभरि आँशु लिन बाध्य बनायो ।

musickhabar

suman bairagi

गणेश पाण्डे निर्देशित यो डकुमेन्ट्र«ी शनिबार १ बजे नेपाल पर्यटन बोर्डको हलमा सुरु भईरहँदा धेरैको आँखा ओभानो रहन दिएन । यति सम्मकी राष्ट्र«कवि माधवप्रसाद घिमिरे समेत पटक–पटक भक्कानिए । डकुमेन्ट्री हेरेपछि काँपेको स्वरमा राष्ट्रकवि घिमिरेले भने, ‘मेरो त मनदेखिनै भक्कानो फुटेर आयो, यो पीडाले जो कोहीको पनि आँशु खस्छ ।’ राष्ट्रकवि घिमिरेले यस डकुमेन्ट्रीलाई दुर्लभ सम्पत्तिको संज्ञा दिँदै थपे, ‘ती दृष्यले मन निकै बरालियो । अहिलेसम्म हामीले छायाँमात्र देखेका थियौँ, तर अहिले जीवन्त छायाँ हे¥यौँ, छोयौँ ।’
राष्ट्रकविको जस्तै हलमा उपस्थित कसैको पनि आँखा ओभानो थिएन । कोही डकुमेन्ट्रीका पात्रसँगै सुक्कसुक्क गर्दै थिए । कोहीको मुखबाट आश्चर्यको भावनात्मक शव्द सुनिन्थ्यो । नसुनियोस पनि कसरी, त्यो पीडा थियो नै त्यस्तै ।

musickhabar

musickhabar

डकुमेन्ट्री हेर्न गएका कांग्रेस नेता प्रकाशसरण महतले डकुमेन्ट्रीले अफुलाई भावुक बनाएको र ति भूकम्पको कहालीलाग्दो दिनलाई फेरी एक पटक स्मरणमा ल्याइदिएको बताए ।
यस्तै डकुमेन्ट्री हेर्न पुगेकी सभासद् मिरा ध्वजुले भूकम्पले चक्नाचुर पारेको मानिसका सपनालाई हेर्दै आफु पनि रोएको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘१९९० सालको भूकम्पवारे सुन्छौँ मात्र, तर देख्न सक्दैनौँ । तर यो भिडियो इतिहास बनेर पुस्तौसम्म बाँच्नेछ । कति ठाउँमा डकुमेन्ट्री हेर्दै रोएँ । उनीहरुले खुट्टा गुमाएका छन् । अब कहिल्यै दौडन सक्दैनन् । तर श्वास बचाएका छन् ।’

डकुमेन्ट्रीका पात्र रमेश खत्रीले डकुमेन्ट्री हेर्दै आफ्नो भविश्यलाई सम्झिए र धरधरती आँशु खसाले । भने, ‘म किन यस्तो भएँ । यस्तो हुन्छु भनेर कहिल्यै सोचेको थिइन ।’ उनका दुबै सग्ला खुट्टा थिए भन्ने कुरा अब उनलाई सपना जस्तो लाग्न थालेको छ ।
भूकम्प जाँदा ४ महिनाका सोनिस अवाल, जसलाई २२ घण्टापछि उद्धार गरियो । उनी पनि हातखुट्टा हल्लाउँदै आफूमाथि बनेको डकुमेन्ट्री हेर्दै थिए । उनकी आमा रश्मीला अवालले भनिन्, ‘डकुमेन्ट्री हेरेपछि कतिपय असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्ने लाग्यो। म त खुशी थिएँ । तर अरुको पीडाले आँशु थाम्न सकिनँ ।’
नेपाल प्रहरीका पूर्व प्रमुख कुवेरसिंह रानाले पनि डकुमेन्ट्री हृदयविदारक भएको प्रतिक्रिया दिए । भाग्यले बाँच्ने शौभाग्य पाएकाहरुको कथा अत्यन्त मार्मिक भएको पनि उनले बताए । डकुमेन्ट्री हेर्न पुगेकी रमिला श्रेष्ठले डकुमेन्ट्रीको प्रशंसा गर्दै भनिन्– डकुमेन्ट्रीको व्याख्या गर्ने मसँग कुनै शब्द छैन् ।
डकुमेन्ट्रीका पात्र पेम्वा तामाङ, प्रिया बिक, रमेश खत्री, बविता सेढाईले आफ्नो पीडा आफ्नै अगाडि हेर्दै थिए । अनि उसै गरी आँशु बगाउँदै थिए, जसरी पीडामा बगाएका थिए । उनीहरु आफ्नो पीडा देख्दा पनि भक्कानिन्थे, अनि अरुको पीडा हेर्दा पनि ।
डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेका अनुसार ५५ मिनेटको यो डकुमेन्ट्री छिट्टै देशका विभिन्न ठाउँ र विदेशमा पनि यो डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

????????????????????????????????????

????????????????????????????????????

५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियो देखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । संचारकर्मी पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।
डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु