भावसागरसँगै न्यानो कपडा बितरण

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७३, शनिबार

पुस ९, काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार तथा कवियत्री अम्बिका गुरुङको एल्बम भावसागर भाग २ तथा कवितासंग्रह भागसागर भाग २ सार्वजनिक गर्दै संयुक्त आपंग एकता आवाज केन्द्रका अनाथ बालबालिकालाई न्यानो कपडा बितरण गरेकी छन् । शुक्रबार गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार सार्वजनिक गर्दै केन्द्रमा आश्रय लिइरहेका ४१ जना बालबालिकाहरुलाई सामूहिक भोजन गराइएको थियो । साथै कार्यक्रममा केन्द्रमा आश्रति बालबालिकाहरुले नृत्य प्रदर्शन गरेर समारोहलाई मनोरञ्जक प्रदान गरेका थिए ।

album-anath
विमोचित एल्बममा संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध आधुनिक, लोक तथा पप शैलीका गीतहरु समावेश गरिएका छन् । राजेशपायल राई, दीपक लिम्बु, रिमा गुरुङ होडा, मिलन अमात्य तथा राज सिग्देलले स्वर दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु