भिडियोमा हेर्नुहोस् पवित्राले विपिन र अनुको ढोल कसरी बजाइन् ?

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७३, शुक्रबार

bipin-anharya-anu-shaपौष १५, काठमाण्डौ । चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री पवित्रा आचायले संगीतको क्षेत्रमा व्यस्त एवं चर्चित संगीतकार विपिन आचार्य र चलचित्र अभिनयमा चर्चा बटुलेकी अनु शाहको ढोल बजाएकी छिन् ।

‘ढोल बज्यो’ बोलको गीतमा पवित्राले विपिन र अनुको ढोल बजाएकी हुन् । गीतिलेखनको क्षेत्रमा आफूलाई व्यस्त बनाएका गीतकार शिव पी. सुवेदीको शब्द रचना रहेको एवमं चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ‘ढोल बज्यो, बज्यो सहनाई’ बोलको गीतको म्यूजिक भिडियो निर्माण गरिएको छ ।anus-shah

चर्चित संगीतकार विपिन आचार्यको संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा विपिन आफैं मोडलिङ गरेका छन् । त्यस्तै चलचित्र र म्यूजिक भिडियोमा अभिनय गर्दै आइरहेकी अभिनेत्री अनु शाहले विपिनलाई अभिनयमा साथ दिएकी छिन् ।

म्यूजिक भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् भने पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी र दिनेश वान्तवाको छायाँकन रहेको यस म्यूजिक भिडियो रोमान्टिक शैलीको बनेको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु