भ्यालेन्टाइनमा शिव परियारको ‘हल्ला हल्लामै माया’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७४, मंगलवार

फागुन १, काठमाण्डौ। पछिल्लो समयमा अति नै व्यस्त रहेका चर्चित एवं लोकप्रिय गायक शिव परियारको हल्ला हल्लामै माया बोलको गीत सार्वजनिक भएको छ । यसपटकको प्रणय दिवसलाई लक्षित गरी सार्वजनिक गरिएको ‘शिवालय’ एल्बममा समावेश यस गीतमा नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ ।


गीतमा पल र आँचलको अभिनय छ । सँग–सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् ।

गीतमा यस्तै प्रेमिल भाव समेटिएको छ । यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । भने अनिल के. मानन्धरले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियो यस्तो छ हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु