माधव नेपाललाई कालो झण्डा

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७२, शुक्रबार

काठमाडौं । संविधानको मस्यौदा लिएर जनताको सुझाव संकलन गर्न गृहजिल्ला रौतहट आएका एमाले नेता माधवकुमार नेपाललाई आफ्नै क्षेत्रका जनताले कालो झण्डा देखाएका छन् ।
पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर १ का सभासद नेपाललाई शुक्रवार साँझ मधेसकेन्द्रित दलहरुले कालो झण्डा देखाएका हुन् । जनताको सुझाव संकलन गर्न एमाले नेता नेपाल, सभासद लालबाबु यादव र रौतहट क्षेत्र नम्बर ६ का सभासद रामकुमार भट्टराई सहितको टोली गौर पुगेको थियो ।

Madhab kumar-nepal
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन टोली प्रवेश गर्दा सदभावना पार्टी, तमलोपा, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, नेपाल सदभावना पार्टी लगायतका मधेसकेन्द्रित दलहरुले मूल ढोकामै नारावाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । सो क्रममा एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच केहीबेर जिल्ला प्रशासन कार्यालय अगाडि तनाव भएको थियो ।
सुझाव संकलनको कार्यक्रम रौतहटमा कसरी संचालन गर्ने भनेर प्रशासन कार्यालयमा बैठक चलिरहँदा बाहिर भने विरोध जारी थियो । बैठक सकेर बाहिर निस्कँदै गर्दा प्रदर्शनकारीले एमाले नेता नेपालसहित सभासदहरुको टोलीलाई कालो झण्डा देखाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु