मिलापको आयोजनामा गुञ्जिए गजलकार त्रय-मिलन पवन र हरि

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७४, शनिबार

काठमाडौं । मिलाप मासिकको आयोजनामा सर्वनाम थिएटरमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । बराह ज्वेलरीको प्रयोजनमा भएको उक्त कार्यक्रममा तीन युवा गजलकार क्रमशः मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले पाँच÷पाँच वटा गजल वाचन गरेका थिए । सो कार्यक्रमको अवसर पारेर धरोहर बाल संरक्षणको डकुमेन्ट्री देखाइएको थियो भने आश्रमकी संचालिका बिनिता अर्याललाई नगद रु पन्ध्र हजार सहित सम्मान पत्रका साथ सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा उक्त बाल आश्रमलाई समाजसेवी शान्ति श्रेष्ठले नगद रु दश हजारको चेक हस्तान्तरण गरिन । नायिका एवम् गायिका सारिका घिमिरेले स्वागत् मन्तव्य दिएर सुरु भएको कार्यक्रममा तीनै जना गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुकार पौडेलको हातबाट सम्मान पत्र प्रदान गरेको थियो ।

उत्त कार्यक्रममा विशिष्ट कलाकार बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, उत्तम के।सी। निर्मल शर्मा, लय संग्रौलाका साथै संगीतकारहरुमा राजु सिंह, राम सिटौला, सन्तोष श्रेष्ठ र ललित–कला प्राज्ञ ज्योति प्रकाश तथा संगीत–कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतका कलाकार एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले नेपाली गजलले निकै लामो फड्को मार्दै आइरहेकोे र यसलाई निरन्तरता दिनमा आजको पुस्ता प्रयासरत रहेकोमा खुसी व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु