मेचीको पुलले छुट्याए पनि म नेपाली नै हुँः गायक सेवा

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७३, बुधबार

मङ्सिर २९, काठमाडौं । दार्जिलिङका चर्चित गायक महेश सेवाले आफूलाई मेचीको पुलले सीमाकंन गरे पनि म नेपाली गायक नै भएको दाबी गरे । गीतकार कृष्णकला वनेमको एकल रचना र गायक महेश सेवाको एकल स्वर रहेको एल्बम रुमानी धूनको सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा भने – हामी दार्जिलिङमा भएका कार्यक्रममा गीत गाउँदा हिन्दी पनि कहिलेकाहीँ गाउनु पर्छ तर कार्यक्रमको सुरु पनि नारायण गोपालको गीतबाट हुन्छ अनि अन्त्य पनि नारायण गोपालकै गीतबाट गरिन्छ । सेवाले भूगोल फरक भए पनि मनले नेपाली भनिरहेको हुन्छ, सयमले हामीलाई वारि र पारी बनायो तर मातृभूमिप्रतिको माया भने यथावत छ, गायक सेवाले भने ।

rumani-dhoonविगत लामो समयदेखि इजरायलमा कार्यरत नेपाली चेली गीतकार कृष्णकला वनेमको एकल रचना रहेको आधुनिक गिति एल्वम ‘रूमानी धुन’ लाई राजधानीमा बरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको थियो । साथै कृष्णकला वनेम र जगतराम बर्देवा गजलकारद्वयको संयुक्त रचनासहितको संयुक्त गजलसङ्ग्रह ‘कृत’ समेत विमोचन भएको छ ।

kunti-mokta-santosh-shrestha

कार्यक्रममा संगीतकार राजु सिंह, कवि तथा गीतकार रमेश पौडेल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषलगायतको आतिथ्यता रहेको थियो । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठ, कवि गीतकार पौडेल र संगीतकार सिंहले एल्बमको गीतसंगीतमाथि सीमक्षा गरेका थिए भने गीति एल्वम रूमानी धूनले केहि नयाँपन लिएर आएको बताउँदै इजरायलको व्यस्त समयलाई प्रयोग गर्दै वनेमलाई गीति लेखनमा अझ सशक्त रुपमा अगाडि बढ्न सबैले शुभकामना समेत व्यक्त गरेका थिए ।

महेश सेवाको एकल स्वर रहेको एल्बममा बतासको सुसेलीमा, फूलजस्ती मेरी माया, सम्झिएर गाउँदैछु, म आकाश तिमी धर्ती, पाउजुको छमछम जस्ता गीत समावेश गरिएको छ । जसमा रोशनराज गुरूङ, दिनेश सुब्बा, कर्मग्याल्छेन बम्जन, सन्तोष श्रेष्ठ एवं गायक स्वयम्को संगीत रहेको छ । एल्बमको एक गीतमा भने गायिका निखिता थापाले स्वरमा साथ दिएकी छन् । एल्बमलाई सुरप्रभा गीतसगीत प्रा. लि.ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु