मैत्रेयीले भनिन् : कार्तिकले बलत्कार ग¥यो

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७१, बिहीबार

बेग्लोर, (एजेन्सी) । भारतको बेग्लोर राज्यका रेलमन्त्री सदानन्द गौडाका छोरा कार्तिकमाथि एक अभिनेत्रीले बलत्कारको आरोपमा मुद्दा हालेकी छन् । अभिनेत्री मैत्रेयीले रेलमन्त्रीका छोरा कार्तिकले आफूमाथि पटक–पटक शारीरिक सम्बन्ध राखेको र बिवाह गर्ने बेलामा धोका दिएको जनाएकी छन् । उनले तीमन्त्रीका छोराले बिवाह गर्छु भन्दै आश्वासन दिएर शारीरिक सम्बन्ध राखेको र बिवाह गर्ने बेलामा धोका दिएको भन्दै त्यसलाई आफूमाथिको बलत्कार भएको निवेदनमा उल्लेख गरेकी छन् । मैत्रेयी कन्नड फिल्मका चर्चित अभिनेत्री हुन् ।
यी अभिनेत्रीले मन्त्रीका छोरो कार्तिकको बिवाह भइसकेको समेत दावी गर्दै भनेकी छन्, ‘उनले बिवाह गरिसकेको रै’छ तैपनि मसँग बिवाह गर्ने आश्वासनमा शारीरिक सम्बन्ध राखेका थिए ।’ यी अभिनेत्रीका अनुसार कार्तिकले बुधबार अर्कै महिलासँग इन्गेजमेन्ट गरेका हुन् । तर, उनीहरुले यसअघि नै बिवाह गरिसकेको बताइएको छ ।
कार्तिकका बाबु रेलमन्त्री सदानन्द र आमाले अभिनेत्रीको दावालाई खन्डन गरेका छन् । रेलमन्त्रीले भने, ‘मैत्रेयीले बेग्लरमा मिडियामा हल्ला गरेर ब्ल्यामेलिङ गर्ने कोशिस गरिहेकी छन् ।’ तर, अभिनेत्री मैत्रेयीकी आमाले भने आफ्नी छोरीमाथि कार्तिकको धोका भएको दावी गरेकी छन् । ती अभिनेत्रीले पनि कार्तिकले आफूमाथि धोका दिएको उनका बाबु–आमालाई समेत थाहा भएको जनाएकी छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु