म्यूजिक नेपालको वरिपरि पेनड्राइभ लिएर नहिंड्नुस् चुम्बकले तान्छ: रेग्मी

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

म्यूजिक नेपाल नेपाली म्यूजिक इन्डष्ट्रिजको एकमात्र कम्पनी हो जसले सम्पूर्ण म्यूजिक कम्पनी, संगीत उद्योग, उत्पादक समाजलागयतका संघसंस्थाहरुमाथि अधिपत्य जमाएर बसेको आरोप लाग्दै आएको छ । म्यूजिक नेपाल बिना कोही पनि चल्न नसक्ने बनाएको छ । म्यूजिक नेपालविरुद्ध बोल्न सक्ने आँट जोकोसैलाई हुँदैन तर विन्ध्यवासिनी म्यूजिकका संचालक सुबास रेग्मीले एउटा सार्वजनिक कार्यक्रममा खुलेरै म्यूजिक नेपालको विरोध गरे ‘म्यूजिक नेपाल वरिपरि पेनड्राइभ लिएर नहिंड्नुस् चुम्बकले तान्छ ।’

उनले आफ्नै कम्पनीबाट बजारमा आएका गीतिसंग्रह किनाराको एल्बम देखाउँदै भने – “यो एल्बमभित्रको एउटा गीतमा पनि म्यूजिक नेपालको ‘थर्ड पार्टी’ भन्ने ट्याग लागिसकेको छ । यस्ता धेरै दुःख दिएर संगीत उद्योगमा उसले अधिपत्य जमाएको छ ।“ रेग्मीले आफ्नो संगीत क्षेत्रमा क्रियाशील संघसंस्थाहरुप्रति आफूले पाएको दुःखलाई सम्बोधन होला की भनेर पत्रकार गरेको भए पनि कसैले त्यसको कार्यान्वयन गर्न नसकेको बताए । रेग्मीले म्यूजिक नेपालले दिएको दुःखको बारेमा उत्पादक समाज, संगीत उद्योग, गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज लगायतका संघसंस्थामा उजुरी गर्दा गीतकार संघ र संगीतकार संघबाहेक कसैले पनि आफ्नो कार्यक्षेत्रभित्र पर्छ भनेर भन्न नसकेको पीडा व्यक्त गरे ।

IMG_0064
उनले कार्यक्रममा आफूले दुःख पाउँदा यही क्षेत्रबाट हात धुन परे परोस् तर अन्याय सहन नसक्ने बताउँदै भने – म्यूजिक नेपालमा एउटा थापा भन्ने भाइरस छ अनि शर्मा भन्ने चुम्बक छ, असली संगीतकर्मी होरियार हुनुपर्ने अवस्था आइपरेको छ । मैले कतिचोटी फेसबुकमै पनि लेखें, पटक पटक म्यूजिक नेपालको ढोकामा धाएँ तर धेरै दुःख पाएँ । हाम्रा सम्पूर्ण संघसंस्था र संगीतकर्मी स्वभिमानी बन्न नसकेसम्म कसैलाई टाउको माथि उठाउन नदिने भएको छ उनको आक्रोश थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु