यसपालीको तीजमा गरिखाने आँट माग्दै योजना

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७४, बुधबार

असार २८, काठमाडौं । वास्तवमा नेपाली संस्कारमा छोरी बुहारीका लागि तीजको विशेष महत्व रहेको हुन्छ । छोरी,बुहारीले आफ्ना खुशी होस् वा विरह पोख्ने चाडका रुपमा तीजलाई मनाइने विशेषता रहेको छ । तर पछिल्लो समयमा तीजकै वास्तविकता बोकेका गीतहरु भने कमै सुन्न पाइन्छ । गायिका योजना पुरीले भने छोरीको शक्ति र सपनाको भाव चित्रण गर्दै ‘यसपालीको तीजमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा छोरीको विवाहलाई भन्दा पनि करियरलाई प्राथमिकता दिनुपर्छ भन्ने समाजको यथार्थता र आवश्यकतालाई उनले गीतमा उल्लेख गरेकी छिन् ।

yojana.puri
उक्त गीतले बजारमा यतिबेला राम्रो चर्चा बटुलिरहेको छ । गीतको म्यूजिक भिडियोमा योजनाले आफ्नी बहिनी बिजेता पुरीसँगै अभिनय गरेकी छिन् । कृष्ण पौडेलको शब्द , गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजनमा अडियो तयार भयो भने भिडियोको सबै काम बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले गरेका छन् भने नृत्य निर्देशन मनिष थापाको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु