युरोपको सांगीतिक भ्रमणमा चेतन

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७३, शनिबार

राजमान तामाङ, फागुन २८, युरोप

लोकप्रिय संगीतकार एवं गायक चेतन सापकोटा यतिखेर युरोपको दुई महिने सांगीतिक यात्रामा बेल्जियम आइपुगेका छन् । युरोपका प्रमुख देशहरुमध्ये स्वीटजरल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, जर्मन, डेनमार्क, इटली लगायतका मुलुकहरुमा सापकोटाले सांगीतिक प्रस्तुति दिने भएको छन् । बेल्जियमबाट सुरु भएको उनको सांगीतिक यात्रा स्वीटजरल्याण्डमा पुगेर सकिनेछ ।

chetan sapkota

एनपीपीएफ (NPPF) बेल्जियमको निमन्त्रणामा गएका सापकोटा १४ घन्टाको यात्रापछि नेपाली समयअनुसार हिजो २ः३० बजे बेल्जियम पुगेका हुन् । उनले आफ्नो सांगीतिक भ्रमणमा हुने कार्यक्रमहरुमा आफ्ना चर्चित गीतहरुलाई प्रस्तुत गर्नेछन् भने दर्शकहरुको रुचाइमा परेका अन्य गायकहरुको गीतलाई पनि प्रस्तुत गर्ने बताएका छन् । कार्यक्रमको आयोजना भने दधीराज घिमिरे, सुरेन्द्र भुसाल, चित्र सुवेदीलगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु