युवराजको “आज भोलि” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० असार २०७४, मंगलवार
sampada-baniya-nirajan
गायक युवराज कँडेलको पहिलो गीति एल्बम सार्वजनिक गरिएको छ । निकै मीठो स्वरका धनि गायक कंडेलको  स्वर मा रहेको “आज भोलि” बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।
सुमन प्याकुरेल संगीत तथा सुमन कार्कीको शब्द रहेको यस गीतमा निरञ्जन प्रधान र सम्पदा बानियाँले अभिनय गरेका छन् ।गीतमा बालकलाकार सगुन केसी र देवको समेत अभिनय रहेको छ। भिडियोमा अहिलेको समाजमा हुने गरेको वास्तविक घटना देखाउन खोजिएको छ । आफ्नै श्रीमती आफ्नै साथी सग लाग्दाको पिडा यस भिडियो मार्फत देखाउन खोजिएको  छ।
 यस भिडियोलाई निकै नै उत्कृष्ट तरिकाले गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका छन् । भिडियोमा छायांकन अर्जुन तिवारी को रहेको छ भने सम्पादन निशान घिमिरेको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु