रमेश पौडेलका ‘सम्झनाका तरङ्गहरु’ लोकार्पण

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७३, सोमबार

bimocha_samjanaka-tarangama

 काठमाण्डौ । रमेशप्रसाद पौडेलद्धारा लिखित सम्झनाका तरङ्गहरु लोकार्पण गरिएको छ। कबितात्मक शैलिको सो पुस्तक यात्रा संस्मरण हो। पुस्तक लोकार्पण गर्दै प्राध्यापक डा। बद्रीविशाल पोख्रेलले बेलायत र अमेरिका यात्राका क्रममा अनुभूति गरिएका बिषयलाई कविता शैलीमा लिखित पुस्तक एउटा नौलो प्रस्तुती भएको बताउनुभयो ।

मुख्य यात्रा संस्मरण ४४ पेजमा समेटिएको लेखक पौडेलले पारिवारिक एवं कुलकुटुम्ब र नातागोतालाई समेत समेटेर पुस्तकलाई तस्वीरमय पनि बनाएको भन्दै पुस्तकले लेखनीको क्षेत्रमा नयाँपन दिएको बिश्लेषकहरुको टिप्पणी छ।

सो अवसरमा कवियत्री टीका आत्रेय र बासुदेव तिम्सिनाले रमेशप्रसाद पौडेलले सार्वजनिक गरेको पुस्तकका बिषयमा टिप्पणी गर्नुभएको थियो भने साहित्यकार दिनेश पौडेलले लेखक परिचय दिनुभएको थियो।

मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेल कुल बंश प्रतिष्ठानका अध्यक्ष नानीराम पौडेल मीना भण्डारी पौडेल लगायतले बोल्नुभयो।

ramesh-poudel

ramesh-poudel-samjhana

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु