आज राजा बिरेन्द्रको ७१औं जन्मजयन्ती ! उनको सम्झनामा गाइएकोे मार्मिक गीत !

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७३, बिहीबार

birendra-king

पौष १४, काठमाण्डौ । बाँच र बाँच्न देउ भन्ने उद्गार लगायत राष्ट्र, राष्ट्रियता, राष्ट्रियता अखण्डताप्रति प्रतिबद्ध शान्तिप्रेमी राजा स्वर्गीय विरेन्द्र विर विक्रम शाहको परिवार सहित २०५८ साल जेठ १९ गते शुक्रबार राती नारायणहिटी दरबारमा हृदयविदारक अकल्पनीय हत्याकाण्ड भएको पनि आज १५ बर्ष पुगिसकेको छ । त्यो घटनाले नेपाली जनतालाई आज पनि पीडा दिइरहेको छ । अनेकौं आशंका, रहस्य, षडयन्त्र, सुरक्षा निकायहरुको चरम लापरवाहीको रुपमा हृदय गरुङ्गो पारेर हामी नेपाली त्यो अमानवीय घटना सहन बाध्य छौं । विश्वको कुनै पनि निरंकुश, तानाशाह, अपराधी, जनहत्याराहरुले पनि पारिवारिक भोजमा त्यसरी क्रुरतापूर्वक ज्यान गुमाउनु परेको इतिहास कतैपनि भेटिदैन ।

स्वर्गीय राजा महेन्द्र शाह र इन्द्रराज्य लक्ष्मी देवी शाहको कोखबाट २००२ साल पुस १४ गते नारायणहिटी दरबारमा जन्मेका राजा बिरेन्द्र नेपाली जनताहरुको प्रिय, राष्ट्रवादी, आम जनताका प्यारा नरेश हँसिलो, कसैप्रति पनि रिसराग नगर्ने, प्रजातन्त्रप्रति प्रतिबद्ध राजा थिए । आज उनै प्यारा राजा विरेन्द्रको ७१औं जन्मजयन्ती हो । म्यूजिक खबर परिवार स्वर्गीय राजा विरेन्द्र शाहलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । राजा बिरेन्द्रको सम्झनामा अति नै मार्मिक गीत तयार भएको छ । नेपाली जनता लगायत विश्वका शान्तिप्रेमी, राष्ट्रहरुले सदा सर्वदा सम्झना गरिराख्ने राजा बिरेन्द्रको सम्झनामा तयार भएको गीत यस्तो छ, हेर्नुहोस् भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु