राजीव र प्रकृतिको ‘मेरी माया जून’

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७३, बुधबार

फागुन ११, काठमाडौं । ‘मेरी माया जुन’ बोलको पप गीतको छायाँकन सम्पन्न भएको छ । हेरुका लामाको निर्देशनमा उक्त गीतको छायाँकन सम्पन्न भएको हो ।

rajib shrestha 03
जसलाई विरेन्द्र भट्टले खिचेका हुन् भने किरण थापाले सम्पादन गर्दै छन् । गोदावारीको रमणीय स्थलमा छायाँकन गरिएको ‘मेरी माया जुन’मा पछिल्लो समय ब्यस्त बन्दै आएका निर्देशक तथा मोडल राजीव श्रेष्ठ र नायिका प्रकृति ढुंगानाको सशक्त अभिनय देख्न पाईने छ । दिपेन्द्र दुलालको गहकिला शब्दमा लेखिएको उक्त गीतलाई आकास कटुवालले सुमधुर संगीतले भरिभराउ पारेका छन् । जसमा गायक बलराम केसीले मिठो स्वर दिएका छन् ।

rajib shrestha 04

गीतको बारेमा करिब तीन दर्जन म्युजिक भिडियोहरुमा निर्देशन र दुई दर्जनभन्दा बढी भिडियोहरुमा मोडलिङ गरिसकेका निर्देशक तथा मोडल श्रेष्ठ भन्छन्, ‘गीतलाई निकै फरक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । अन्य गीतहरुको तुलनामा यस गीतको स्वाद अलि फरक पाईने छ । यसको छाया“कन पनि फरक ढंगबाट गरिएको छ । पछिल्लो समय चलचित्रमा ब्यस्त बन्दै आउनुभएकी नायिका ढुंगानाले यो भिडियोमा निकै मेहनत गर्नुभएको छ । आशा छ उक्त मेहनतको फल पनि मिठो नै हुने छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु