‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड’का लागि आवेदन खुला ! विधाहरु, सहभागिताका नियम र छनौट प्रक्रिया यस्ता छन् !

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) फोटोले आगामी २०७५ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर काठमाडौंमा ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ गर्ने भएको छ । युवा फोटोपत्रकार साथीहरुको उच्च मनोवल वृद्धिको लागि उहाँहरुलाई प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्ने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । भद्रकालीस्थित आर्मी अफिर्सस् क्लवमा आयोजना हुने कार्यक्रम विभिन्न ४ वटा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

 अवार्डका विधाहरु:

१) लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ः  लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरि हाल निवृत्त हुनु भएका हाम्रा गुरुहरु हरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
२) वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा : विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।
३) खेलकुद फोटोपत्रकारीता विधा  : यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४) पर्यटन तथा संस्कृति विधा : देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
५) राजनैतिक फोटोपत्रकारीता विधा : देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
६) दैनिक जीवन फोटोपत्रकारीता विधा : समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
७) मनोरन्जन फोटोपत्रकारीता विधा : मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।
८) आर्थिक फोटोपत्रकारीता विधा : व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।
९) महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।
१०) उपत्यका वाहिर फोटोपत्रकारीता (मोफसल)  विधा : राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा  कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११) अनलाईन फोटोपत्रकारीता विधा : विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई  यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१२) स्वतन्त्र फोटोपत्रकारीता विधा : विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई  यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१३) एनएफपीजे सक्रिय सदस्य विधा : राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ ।
माथि उल्लेखित विभिन्न  विधाको पुरस्कार रकम रु  २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।

 

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४मा सहभागीताका लागि नियमहरु :

१.    यो अवार्ड हरेक वर्षको बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर गरिने छ ।
२.     अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।
३.    अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै  एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
४.     अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट
धधध।लाउव।यचन।लउ मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ ।
५.    फोटोपत्रकारको रुपमा कहिले देखि काम गदै आएको हो र उक्त संस्थाको आधीकारीक परिचयपत्रको प्रतिलिपि समावेश गरिनु पर्ने छ ।
६.      स्वतन्त्र फोटो पत्रकारको हकमा भने विभिन्न संचार माध्ययमले दिएको  परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
७.     देशभर फोटोपत्रकारीमा सक्रिय रुपमा कामगर्ने सम्पूर्ण पत्रकार साथीहरुले सहभागी जनाउन सक्नु हुनेछ ।

अवार्ड छनौटका प्रक्रियाहरु :

१)  विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिनेछ ।
.५.उत्कृष्ट ५ मनोनयनमा पर्न सफल भएका फोटोपत्रकारहरु संग आयोजकले  मागे (१२ × १८ इन्च) प्रत्येक विधाका ५ ओटा उत्कृष्ट फोटो आवेदकले पठाउन सक्नु पर्नेछ । साथै उक्त फोटोहरु संस्थामा सुरक्षीत रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु