रेखाले गरिन् बृद्धबृद्धालाई सम्मान

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७३, मंगलवार

अनलाइन पत्रिका फिल्मीजुम डटकमको पाँचौ बार्षिक उत्सव तथा बृद्धाश्रमका लागि सहयोगकार्यक्रममा नायिका रेखा थापाको हातबाट बृद्धबृद्धालाई सम्मान गरिएको छ । लम्जुङको राईनास १ तार्कुघाटमा आयोजना गरिएको एक कार्यक्रमकाबीच थापाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् ।

‘बालबालिका र बृद्धबृद्धालाई माया गरेमा मात्र सम्मुन्नत समाजको निर्माण हुने’ उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नायिका रेखा थापाले बताइन् । उनले अगाडि भिनन् बृद्धबृद्धा जिउँदा इतिहास र बालबालिका भविष्यको कर्णधार भएकाले उनीहरुलाई सधैं माया र सम्मान गर्नु पर्छ । उनले स्टेजमा गीत पनि गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । उनले बृद्धबृद्धालाई दोसल्ला, पछ्यौरा ओढाउनुका साथै लत्तकपडा वितरण गरेकी थिइन् । उक्त सर्वोदय सेवा आश्रममा अहिले १५ जना जेष्ठ नागरिक रहेका छन् ।

Rekha Thapa
अनलाइन पत्रिका फिल्मीजुम डट कमका सञ्चालक अनुज चिलुवालको अध्यक्षमा भएको उक्त कार्यक्रममा यसै बर्षबाट फिल्मिजुमले बृदा आश्रम र बाल आश्रमको सहयोगार्थ फिल्मीजुमको अक्षय कोष निर्माण घोषणा गरिएको थियो । उक्त कोषमा जम्मा भएको रकमले बृदा आश्रम तथा बाल आश्रमलाई सहयोग गर्ने चिलुवालले बताए । कार्यक्रममा संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । राजधानीबाट चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो भने राजधानीबाटै पत्रकारहरु उक्त स्थानमा पुगेका थिए । त्यस्तै सोही कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष विदुर गिरीलाई सम्मान पनि गरिएको थियो । विदुरलाई दोसल्ला ओढाएर ताम्रपत्र सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि ‘यो सम्मानले आफूलाई पत्रकारिता र सामाजिक सेवामा अझ बढी जागरुकताका साथ लाग्न उतप्रेरण मिलेको छ’ विदुरले भने ।

कार्यक्रममा गायिका शर्मिला गुरुङ, गायक प्रकाश कटुवाल, सिमान्त सन्तोष, कलाकार रमेश दुलाल लगायतलाई स्थानियबासिलाई सांस्कृतिक प्रस्तुति दिएका थिए । ‘राजधानीमै पाँचौ बार्षिक उत्सव भन्दा राजधानी बाहिर बृद्धाश्रमको सहयोगका लागि आश्रामस्थलमै कार्यक्रम गरेका हौ ।’ फिल्मीजुम डटकमकी सम्पादक स्वस्तिका चिलुवाले बताइन् । उनले भनिन् ‘हरेक वर्ष बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई सम्मान गर्दै आएको र आउँदा दिनमा पनि सम्मानलाई निरन्तरता दिनेछु उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु