रेखा शाहले कसलाई भनेकी हुन् ‘तिमी बिना’ ? (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७३, सोमबार

पौष ११, काठमाडौं । नेपाली गायिकाहरुको लामो शृंखला यात्रा गरेकी लोकप्रिय गायिका रेखा शाह संगीत क्षेत्रमा गौरब गर्ने नाम हो । ‘सिमसिमे पानीमा’ बोलको सदाबहार गीत बाट चर्चित बनेकी शाह यतिबेला सम्म पनि संगीतकै बाटोमा सक्रिय छिन् । पछिल्लो समयमा उनकै सुकोमल मखमली स्वरमा सजिएको आधुनिक गीत ‘तिमी बिना …’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।rekha-shahमुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देश्ँन नितिनकुमार चन्दले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । गीतको म्युजिक भिडियो उनकै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

सिङ्गल ट्रयाकमा रेखासंगै गौरव डोगाउ“करको स्वर पनि सुन्न पाइन्छ । डोगाउ“कर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । बलिउडको चलचित्र संगीतका चर्चित कलाकारसंग रेखाले नेपाली संगीतलाई जोडेकी छिन् । यो गीतमा निलेशको संगीत संयोजन रहेको छ ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु