लुटिसक्यौ मेरो मनको काँगडा टिस्टा

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७३, आईतवार

पौष १०, काठमाडौं । कुनै बेला थियो पूर्वमा टिस्टा र पश्चिममा काँगडा भएको हाम्रो मुलुक । त्यही मुलुक आज पूर्वमा मेची र पश्चिममा महाकालीको सिमानामा रहन सफल भएको छ तर माया भने काँगडा र टिस्टामा नै सीमत भइरहेको छ । त्यतिमात्र होइन धेरै टिस्टा पारी नै पुगिसकेका छन् । मायाको हाँसो नै हो किस्ता किस्ता हाँसे पनि मनभित्रको काँगडा र टिस्टासम्मको आक्रमण भने कसैले बुझ्नै सकेको हुँदैन । यस्तै भएको छ भुषण खतिवडालाई पनि मायाप्रेम भित्र ।

tista
भुषण खतिवडा एउटा राम्रो प्रतिभा र आशालाग्दो प्रतिभा हुन् । उनको स्वरको मिठासलाई पत्याउनेहरु पनि छन् । संगीतमा राम्रो ज्ञान राख्ने भुषणले यतिबेला भने हाँसी हाँसी बोलको गीत लिएर आएका छन् । गीतकार शितल कादिम्बिनीको शब्दमा हरि लम्सालको संगीत रहेको गीतभित्र गायक भुषणले न्यायपूर्वक स्वर प्रदान गरेका छन् । मायाप्रेमभित्रको एउटा कथालाई काँगडा र टिस्टाभित्र मनभित्र नै समावेश गर्दै प्रदेश र जिल्ला छुट्याउने काम गरिएको छ । मेची महाकालीलाई पनि मुटुभित्रै समावेश गर्दै सुख र सुविस्तालाई पनि मायासँगै जोड्न सफल यस गीतको म्यूजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । अर्जुन तिवारीको समूहले छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । यस गीतको निर्माता भने लक्ष्मीप्रसाद खतिवडा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु