लेखनमा जति सन्तुष्टि व्यवसायमा हुँदैन

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७३, बिहीबार

व्यवसायीस“ग संगीतका कुरा: किशोर घिमिरे, गीतकार एवं व्यवसायी

किशोर घिमिरे विधाले गीतकार हुन् । उनी राम्रा कवि पनि हुन् । उनको लेखनमा करिब १०० भन्दा बढी गीतहरु लेखिएका छन् भने ३०–४० को संख्यामा रेकर्ड पनि भइसकेका छन् । ‘बहुमूल्य मधुर सम्झना’ उनको गीति एल्बम प्रकाशित भइसकेको छ भने ‘एक हरफ जिन्दगी’ कविता संग्रह पनि बजारमा आइसकेको छ । गायक अनिल सिंहको सहकार्यमा तयार भएको गीत ‘सम्झना’ले वेष्ट गायकको अवार्ड चुम्न सफल भयो भने म्यूजिक भिडियो अवार्डमा वेष्ट गीतको अवार्ड चुम्न सफल भएको थियो ।

किशोरको १७ वर्षे सांगीतिक करिअरमा हेर्दा पहिलो गीत रेकर्डका हिसाबले नलिना चित्रकारले गाएकी हुन् । माया लाउने धोको मेरो नलिनाले गाएको उनको पहिलो गीत थियो भने हित गीतमा राजेशपायल राईको स्वरमा रहेको खास त केही छैन लाई लिने गर्छन् । अनिल सिंह, राजेशपायल, नलिना चित्रकार, सितु खरेल, प्रमोद निर्वाण, उदेश श्रेष्ठ, हेमन्त राना, प्रेम लामा, सुरज शाही ठकुरी, विश्व नेपाली लगायतले उनका शब्दमा स्वर दिइसकेका छन् । उनको नयाँ प्रोजेक्टका लागि भने कल्याण सिंह, शान्तिम कोइराला र कमलमान सिंहले साथ दिइरहेका छन् ।

kishor-ghimirey
काठमाडौं महानगरपालिका २ गैरीधारा स्थायी घर भएका किशोरको प्रेरणाका स्रोत भने उनका हजुरबुबा लघु वेदव्यास कृष्ण प्रसाद शर्मा घिमिरे हुन् । कविरत्न तथा विद्यावारिधीको उपाधिसमेत पाएका कृष्णप्रसादको बौद्धिक वाङ्मय र गौरीगिरीराम वनारस विश्वविद्यालयमा पढाईसमेत हुने गरेको छ । संस्कृत, हिन्दी, नेपाली भाषामा साहित्य पुस्तकहरु प्रकाशित गरिसकेका उनका हजुरबुबाको सानैदेखिको संगतले गीतकार किशोरलाई पनि साहित्यमा उत्प्रेरित गराएको हो । परिवारमा अरुले पनि साहित्य लेखेका छन् तर बजारमा देखिएको भने म नै हुँ, गीतकार किशोरले भने हजुरबुबालाई भेट्न साहित्यका हस्तीहरु घरमा आउँथे त्यो संगतसँगै मेरो रगतमा पनि साहित्यले बास ग¥यो ।
गीतकार किशोर पहिला बैंकर हुन् । उनले १० वर्षे बैंकिङ सेवालाई छाडेर व्यवसाय सुरु गरे । स्कुल, कलेजसँग सम्बन्धित व्यवसायमा उनको लगनशीलता बढ्यो । सेम रक मन्टेश्वर संचालन गर्दै आएका किशोर धेरै व्यवसायसँग सम्बन्धित रहेर काम गरिरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष व्यवसायमा धेरैतिर हात हालेका किशोरले यतिखेर भने पुतलीसडकको स्टारमलमा पलेँटी नामक रेस्टुरेन्ट एण्ड बैंकट संचालन गरिरहेका छन् । करिब ३० जनालाई रोजगारी दिइरहेका किशोरले रेस्टुरेन्टमा कपी मेकिङ ट्रेनिङसमेत सञ्चालन गर्दै आएका छन् । रेस्टुरेन्ट खोलेको दुई वर्ष बितिसक्यो तर धिमे गतिमा व्यवसाय अगाडि बढे पनि विस्तारै व्यवसाय फस्टाउनेमा उनी विश्वस्त छन् । उनको रेष्टुरेन्टमा होटल म्यानेजमेन्टका लागि इन्टर्नसीपको व्यवस्थासमेत छ भने बैंकटमा सेमिनार, गोष्ठी, सभा, विमोचन लगायतका कार्यक्रमहरु संचालन हुँदै आएका छन् ।

13710028_10206687607644982_3984415535879320554_n
उनको नशा नशामा साहित्य बगेको छ । साहित्यको परिपूर्ति नभएकै कारण उनले जागिर छाडेको बताउँछन् । लेखनमा जति सन्तुष्टि व्यवसायमा हुँदैन किनकी व्यवसायमा पैसा हुन्छ तर लेखनमा बौद्धिकता उनले भने । पलेँटी अहिले सेलीब्रेटी हबका रुपमा परिचित भइसकेको बताउँदै उनले भने– ‘मैले गरेको प्रगति मेरो हजुरबुबालाई देखाउन पाइनँ । म कवि र गीतकार बन्दै गर्दा हजुरबुबाको बाटोमा म हिंडेको उहाँले देख्द पाउनु भएन यो चाहिँ मेरो लागि दुःखको कुरा हो ।’

किशोर घिमिरे विधाले गीतकार कवि भए पनि उनी एउटा सामाजिक कार्यकर्ता पनि हुन् । सामाजिक क्षेत्रमा उनले बृद्धबृद्धा, असहाय, गरिब, अनाथका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । यतिबेला घरआँगन नेपालसँग मिलेर शिक्षाबाट बञ्चित अनाथका लागि आर्थिक उपार्जनको काम गरिरहेका छन् । उनका नजिकका मित्र नरेश भट्टराईसँग मिलेर डा.भोला रिजाल, अभिनेत्री श्वेता खड्का, सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण म्यूजिक लिंक, प्रेम लामा, मिङ्स लामा, हेमन्त राना लगायतको सांगीतिक टोलीले आर्थिक उपार्जनका लागि स्टार मलभित्रकै बैंकटमा कार्यक्रम गर्दैछन् । दिपक सिलवालको अध्यक्षतामा रहेको घर आँगन नेपालमा किशोरले यो कार्यक्रम गरेर एम्बुलेन्स र आर्थिक संकलन गर्ने निर्णय गरेका छन् ।
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु