लोक पप शैलीमा पवनको साइनो

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७३, बुधबार

मङ्सिर २९, काठमाडौं । गायक पवन थिङले गाएका गीतहरुको एल्बम ‘साइनो’ मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो…’ को म्युजिक भिडियो काठमाडौंमा प्रिमियर गरिएको छ । सञ्चारकर्मी भरत शाक्यको प्रमुख आथित्यमा आयोजित प्रिमियर समारोहमा गायक थिङले साइनो…गीतका बारे जानकारी गराएका थिए । त्यसक्रममा गायक थिङले पश्चिम नेपालको लोक लयमा आधारित ‘साइनो…’ स्रोताको रोजाइमा पर्न सक्ने धारणा व्यक्त गरे ।

sailo-release-ceromony-1
प्रिमियर गरिएको गीतमा गायक थिङकै शब्द समावेश छ भने प्रेम गुरुङले यो गीतलाई संगीतबद्ध गरेका हुन् । फणिन्द्र राई गीतका संगीत संयोजक हुन् । निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थिङ आफैंले अभिनय गरेका छन् । अभिनयमा उनलाई नृत्यांगना एलिशा राईले साथ दिएकी छिन् । एलिशा चलचित्र ‘लुट–२’ ठमेल बजार…गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी कलाकार हुन् । अर्जुन तिवारी तथा उनको समुहले धुलिखेलमा छायांकन गरेको यो भिडियोलाई रोमान्टिक शैलीको दृष्य समावेश छ ।
भिडियो प्रिमियर समारोहमा सञ्चारकर्मी भरत शाक्यले गायक थिङको गायकी, अभिनय तथा म्युजिक भिडियोको प्रसंसा गरे । गीतकार किशोर घिमिरेले गीतको शब्द तथा सांगीतिक पक्षको चर्चा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु