लोप्चनको ‘झिने चुरा’ चितवनमा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७३, बुधबार

पुस ६, चितवन । चितवनका गायक मिलन लोप्चनको ‘झिने चुरा’ सार्वजनिक भएको छ । चितवनको नारायणगढको आँपटारीस्थिति पार्कमा एक कार्यक्रममा ‘झिने चुरा’लाई सार्वजनिक गरिएको हो । दोहोरी गीति एल्बम ‘झिने चुरा’ लाई गायक लोप्चन, शब्द तथा लयकर्ता विरही कार्की सहितका अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् ।suman-bairagi-birahi-karki

विरही कार्कीको शब्द तथा लयमा तयार पारिएको गिती एल्बम झिने चुरामा महिला तर्फ जुनु रिजालले स्वर दिएकी छिन् । विमोचन कार्यक्रममा बोल्दै गायक लोप्चनले पहिलो पटक गायनको अनुभव संगालेको बताए । पहिलो पटकको प्रयासलाई मुल्यांकन गर्ने जिम्मा दर्शक तथा स्रोतालाई दिएको समेत लोप्चनको भनाइ छ । कार्यक्रममा गीति एल्बमका शब्द तथा लयकर्ता विरही कार्कीले गायक लोप्चनबाट आफु पूर्ण रुपमा सन्तुष्ट रहेको बताए ।

jhine-chura-suman-bairagi

पहिलो पटक भेट हुँदा सामान्य जस्तै लागेपनि लोप्चन भित्रको प्रतिभाले आफुलाई प्रभावित बनाएको कार्कीले बताए । विमोचन कार्यक्रममा बोल्ने संगीतकला पत्रकार संघका सुमन बैरागी, संगीतकार मधुसुदन घिमिरे, पत्रकार सुवास पण्डित, राजु थापा लगायतले गायक मिलन लोप्चनको स्वर व्यवसायिक कलाकारको भन्दा कम नरहेको प्रतिक्रिया दिए । कार्यक्रम गायक मिलन लोप्चनकै अध्यक्षतामा आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु