विद्या भइन् नेपालको पहिलो महिला राष्ट्रपति

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७२, बुधबार

नेकपा एमालेकी उपाध्यक्ष एवं स्वर्गीय नेता मदन भण्डारीको जीवनसंगीनी विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी छन् । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको बुधबार भएको चुनावबाट कांग्रेसका पूर्वमहामन्त्री रहेका कुलबहादुर गुरुङलाई अत्याधिक मतले हराउँदै राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिका उम्मेदवार रहेका गुरुङले २१४ मत प्राप्त गरेका थिए भने विद्यादेवी भण्डारीले ३२७ मत प्राप्त गरेकी थिइन् । कुल ५९७ संख्या रहेको संविधानसभाबाट ५४९ मत खसेकोमा भण्डारीले भारी मतको अन्तरले गुरुङलाई हराउँदै मुलुकको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

Bidhya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु