विद्या विकासले ‘परीको घडी’ देखाउने

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ । गोठाटार स्थित विद्या विकास बोर्डिङ स्कुलका विद्यार्थीहरुले परीको घडी देखाउने भएका छन् । दन्त्य कथामा मात्र सुनिंदै आएको ‘परीको घडी’लाई यहि फागुन ३० गते जोरपाटी नयाँबस्ती स्थित ख्वापा नाट्यशालामा देख्न पाइने छ । तर अहिलेको आधुनीक समयमा देखाइने भनिएको ‘परीको घडी’ वास्तवमा देखाइने नभै नाटक मार्फत देखाइने छ । विभिन्न नाटक प्रतियोगितामा सहभागी गराउँदै आएको विद्या विकास बोर्डिङ स्कुलले नयाँ नाटक ‘परीको घडी’कोतयारी गरिरहेको छ । उक्त नाटक एकै दिन २ सो मञ्चन गर्ने भएको छ । जसका लागी विद्यार्थीहरु रिहर्सलममा जुटिरहेका छन् । नाटक गर्नका लागी विद्यार्थीहरु निकै उत्साहित देखिन्छन् । नाटक रिहर्सल गर्न कै लागी विद्यार्थीहरु विहानै स्कुल आउने गरेका छन् । विद्याविकास बोर्डिङ स्कुलले नाटक स्कुले वालवालिका सम्बन्धित नै कथावस्तु रहेको विद्याविकासका शिक्षक प्रवीन खड्गीले बताएका छन् । ‘परीको घडी’ नाटकमा खड्गी कै परिकल्पना तथा लेखन रहेको छ ।pariko ghadi
स्कुलको ट्यालेन्ट विद्यार्थी प्यारेन्स् डे मा डान्स गर्ने क्रममा स्टेजमा लड्छ र प्यारालाइसिस् हुन्छ । उ ह्विल चियरको साहाराले स्कुल आवत जावत गर्न थाल्छ । उसलाई साथी भाइले उत्तिकै माया गर्छन् तर ऊ आफुँलाई अरु जस्तै हिड्डुल गर्न नसकेकोमा मन गिराई रहन्छ । तर परिले उस्लाई मन नहार्न आँट दिन्छे । यस नाटकमा यिनै कुरालाई मञ्चमा उतार्न लागिएको यस नाटकका निर्देशक प्रदिप खड्गीले बताए ।

नाटकमा मनिष खड्का,निषा धिताल,नविना कार्की,बिपना गिरी,सुजता न्यौपाने,शैलेन्द्र दाहाल,सचिन कँडेल,श्याम लामा,दिक्षा चौलागाई,सुशान्त तामाङ,कृति न्यौपाने,अंकित सुनुवार,प्रतिक खड्का,शिशिर परियार,अनुषा पुडासैनी,करिष्मा बस्नेत,सुशिल मल्ल लगाएको अभिनय रहने छ ।

natak

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु