विन्दास कंगना जासुस बन्दै

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७६, आईतवार

बलिउडकी क्विन कंगना बलिउड नगरीमा एकपछि अर्को ठूला चलचित्र हात पर्ने सफल अभिनेत्री हुन । अत्याधिक बोल्ड मानिने अभिनेत्री कंगनाले अर्को नयाँ सिनेमा हात पारेकी छिन । आज भोली ‘जजमेन्टल हे क्या’ को प्रचार प्रसारमा व्यस्त रहेकी कंगना एक्सन थ्रिलर जनरामा बन्न लागेको ‘धाडक’ मा जासुसको भूमिकामा देखिंदै छिन् ।

कंगनाको नयाँ चलचित्र ‘जजमेन्ट है क्या’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । नयाँ चलत्रित्रमा अनुबन्धित भएको जानकारी कंगना आफैले दिएकी हुन् । ‘धाडक’ एक एक्सन सिनेमा हो र यो धेरै ठूलो सिनेमा पनि हो उनले भनिन् । म सिनेमामा जासुसको भूमिकामा हुनेछु ।

निर्माण पक्षले बताए अनुसार भारतका साथै पूर्वीय तथा मध्येपूर्व एसिया र युरोपका विभिन्न स्थानमा छायांकन गरिने भनिएको सिनेमा रजनीश राजी घईले निर्देशन गर्ने छन् । सिनेमाका लागि उपयुक्त हलिउड एक्सन निर्देशनको खोजी भइरहेको भारतीय सञ्चारमाध्यहरुले जनाका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु