विन्ध्यवासिनी म्यूजिक अवार्ड कसले चुम्ला ?

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७२, बुधबार

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा हुँदै आएको विन्ध्यवासिनी म्यूजिक अवार्डको छैठौं संस्करणमा कुन कुन सिर्जना र स्रष्टाले अवार्ड चुम्ने हुन् अब प्रतिक्षाको विषय बनेको छ । विभिन्न ३१ विधामा अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल स्रष्टा एवं सिर्जनालाई मनोनयनको प्रमाणपत्र बितरण गरिएको छ ।
जसअनुसार सर्वोत्कृष्ट गीतको विधामा दिपक न्यौपाने (म तिम्रो हुँला नहुँला), अनिल खनाल (सर्पझैं डसेर गयौ), डब्बु क्षत्री (साउनको भेल जस्तो), योगेन्द्रमणि दाहाल (दुई थोपा आँशु) तथा दीप दर्पण (तिमी जुन दिन टाढा बन्यौ) अवार्डको मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष)को विधामा रुपक डोटेल (मुस्कानमा अल्झिएकी), प्रमोद खरेल (धेरैलाई बाँड्दा), शिव परियार (गालैको कोठी), दिपक लिम्बु (झमझम झरी) तथा युवराज चौलागाईं (हरेक शब्द) मनोनयनमा पर्न सफल भएका छन् । यही विधाको महिलातर्फ दुर्गा खरेल (झरीमा रुझ्दा), अन्जु पन्त (धेरैलाई बाँड्दा), निशा देशार (साउनको भेलजस्तो), श्रेयसी चेम्जोङ लिम्बु (म तिम्रो हुँला नहुँला) तथा मिलन अमात्य (यहाँ मन मिल्ने मान्छे) बीच मनोनयनमा पर्न सफल भएका छन् ।

rajan thakuri
सर्वोत्कृष्ट रचना (सुगम संगीत) तर्फ बादल घिमिरे (तिम्रो यादको), बिनोद बन्जरा (ढाँटी ढाँटी बैगुनीले), डब्बु क्षेत्री (साउनको भेल जस्तो), डा.कृष्णहरी बराल (हेर्ने हजार आँखा) तथा योगेन्द्रमणि दाहाल (दुई थोपा आँशु) मनोनयनमा पर्न सफल भएका छन् । सर्वोत्कृष्ट महिला गीतकार सुगम संगीत शारदा अधिकारी (धेरैलाई बाँड्दा), दिपिका रिमाल थापा (हरेक शब्द), शारदा उप्रेती (कसरी यो प्रेममा), प्रतिस्था अमात्य बिष्ट (हरपल हरक्षण) तथा सिन्धु राणा (म तिम्रो मनचरी) मनोनयनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट एल्बम सुगम संगीतको विधामा अन्त माया लाको भए (सन्तोष के.सी), हेराई नै मात लाग्ने (राजेश थापा), म तिम्रो हुँला नहुँला (राजकुमार बगर), तिम्रो चोटले (सन्तोष श्रेष्ठ) तथा हेर्ने हजार आँखा (गैरे सुरेश) मनोनयनमा पर्न सफल भएका छन् । सर्वोत्कृष्ट गीत एल्बम (सुगम संगीत)तर्फ बिम्ब–२, झरी, शब्दमणि, नम्रता तथा बन्जरा मनोनीत छन् ।

raju dhakal
सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजन)को विधामा बिजेश्वर तन्डुकार (दुई थोपा आँशु), जुगल डंगोल (साउनको भेल जस्तो), राजन इशान (हरेक शब्द), गोपाल रसाईली (कसम खाएपछि) तथा आमोश तामाङ (यहाँ मन मिल्ने मान्छे) मनोनयनमा पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट पप गायन (पुरुष) विधामा धमेन्द्र सेवान (एक मिठो मुस्कान), बादल प्रसाई (फुलको हत्या), राजन तिमिल्सिना (कसरी बुझाउँ यो मन), सिताराम पोखरेल (होस् आज छैन) तथा सुनिल गिरी (तिमी आउँछौ कि) मनोनयनमा पर्न सफल भएका छन् । पप गायिकाको विधामा आकांक्षा बस्याल (सोह्र सिंगार), पुजा न्यौपाने (सलल सलल), अप्सरा घिमिरे (कसम खाएपछि), सुमन गुरुङ (किन किन) तथा सरु वन (मुड चेन्ज) मनोनयनमा पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट संगीत (पप)को विधामा सुगम पोखरेल (फुलको हत्या), कल्याण सिंह (कसम खाएपछि), रोहित जंग क्षेत्री (बिस्तारै बिस्तारै), कमल खत्री (तस्बिर) तथा राजन तिमिल्सिना (कसरी बुझाउ यो मन) मनोनयनमा पर्न सफल भएका छन् । सर्वोत्कृष्ट युगल गायनको विधामा बादल प्रसाई र सनाम महर्जन, बिक्रम थापा र सिर्जना के.सी, बिकास उप्रेती र सन्जिवानी, सुरज कुमार थापा र निकिता थापा तथा विश्व नेपाली र शशी रावल मनोनयनमा पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट लोकदोहोरी गायकको विधामा मौसम गुरुङ (मायाको गुण), विरही कार्की (जुनकिरी), राजु ढकाल (आपैको अचार), बद्री पंगेनी (रातो पछ्यौरी), हरि डाँगी (मैले जति तिम्लाई) मनोनयनमा पर्न सफल भएका छन् भने दोहोरी गायिकाको विधामा कला पंगेनी (गुन्द्री तानेर), देवी घर्ती (आकाशैमाथि जहाजै उड्यो), पूर्णकला बि.सी (गणेश जीलाई लड्डु), कालिका रोका मगर (एउटा राम्रो बाटो देखाई देउ) मनोनयनमा पर्न सफल भएका छन् ।

hari dangi
त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी भाकाको विधामा आत्माहत्या (कमल सरगम), कसको सिंदुर पर्ने हो (रामु खड्का), दिपक बसन्त कार्की (प्रतिक्षामा), करण न्यौपाने (सिनेमाको हिरो) तथा बिमल डाँगी (गणेश जीलाई लड्डु) मनोनयनमा पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट लोक दोहोरी रचना गणेश चौलागाईं (हाम्रो नाता), बलराम न्यौपाने (कसलाई माया साँच्ने), एक नारयण भण्डारी (रातो पछ्यौरी), सि.पी मगर (गणेश जीलाई लड्डु) तथा करण न्यौपाने (मायामा हाल उजुरी) मनोनयनमा पर्न सफल भएका छन् भने सर्वोत्कृष्ट लोक दोहोरी गीत विधामा मायाको गुण, जुनकिरी, गोप्य कुरा, मैले जति तिम्लाई माया तथा सितको थोपा मुनामुनामा मनोनयनमा पर्न सफल भएका छन् । सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक विधा तर्फ बिमल अधिकारी र गरिमा पन्त, ओम क्षेत्री र नम्रता सापकोटा, मिलन शंकर र बर्षा सिवाकोटी तथा नविन लम्साल र रुपा खनाल मनोनित छन् ।
त्यस्तै चलचित्रको पाश्र्व गायन (पुरुष)तर्फ स्वरुपराज आचार्य (स्टुपिड मन), नवराज थापा (प्रतिबिम्ब), युवराज चौलागाईं (हवल्दार सुन्तली), रामचन्द्र काफ्ले (लज्जा) तथा राजेश पायल राई (ठूली) मनोनयनमा पर्न सफल भएका छन् भने गायिकातर्फ अन्जु पन्त (स्टुपिड मन), दुर्गा खरेल (टाईगर द रियल हिरो), जुनु रिजाल काफ्ले (लज्जा), आस्था राउत (चकलेट), माण्डवी त्रिपाठी (लज्जा) मनोनयनमा पर्न सफल भएका छन् ।

apsara ghimire
त्यस्तै सर्वोत्कृष्ट चलचित्र संगीतर्फ अर्जुन पोखरेल (स्टुपिड मन), दिपक शर्मा (हवल्दार सुन्तली), राजकुमार बगर (प्रतिबिम्ब), चेतन सापकोटा (लज्जा) तथा शिखर सन्तोष (चकलेट) मनोनयनमा पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत विधातर्फ मेरो आफ्नै इतिहास (राजन ठकुरी), बिहानी घामको, हर्ष बनी बाल आँखामा, हिमाल हाम्रो पहाड हाम्रो तथा म त नेपालकी छोरी मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोक दोहोरीतर्फ कपिल लामा, विजय थापा, कुमार के।सी, बब्बु थापा तथा शंकर बि.सी मनोनयनमा परेका छन् । त्यस्तै आधुनिकतर्फ अनुप गिरी, प्रसन्न पौडेल, सहेन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ तथा दिपेन्द्र के.सी मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट छायांकर म्यूजिक भिडियो बिदूर पाण्डे, हरि हुमागाईं, निरोज श्रेष्ठ, राजेश घिमिरे तथा सुदिप बराल प्रतिस्पर्धामा छन् भने सम्पादक विधामा मित्रदेव गुरुङ, सुजन शाही, टेकेन्द्र शाह, प्रविण श्रेष्ठ तथा उज्जवल श्रेष्ठ मनोनयनमा छन् ।
त्यस्तै सर्वोत्कृष्ट ध्वनी मुद्रणतर्फ राजेश्वर तन्दुकार (दुई थोपा आँशु), शैलेन्द्र प्रधान (फुलको हत्या), श्याम बग्दाश (कसम खाएपछि), कृष्ण कुमार महर्जन (मुस्कानमा अल्झिए) तथा साजन शाह (हेर्ने हजार) मनोनयनमा परेका छन् ।
त्यस्तै सर्वोत्कृष्ट मोडल लोक दोहोरी तर्फ रञ्जिता गुरुङ र बिमल अधिकारी, सारिका के.सी र दुर्गेश थापा, विजय थापा र रश्मी तामाङ तथा रञ्जिता गुरुङ र बाबुराम बोहोरालगायतका छन् भने सर्वोत्कृष्ट लोकदोहोरीतर्फ नवप्रतिभा विधामा प्रेम विवश घर्ती, शिशिर भुषाल, लक्ष्मी थापा, अमृत खाती तथा बिक्रम थापा मनोनयनमा परेका छन् । त्यस्तै पप तथा सुगम संगीततर्फ एञ्जिला रेग्मी, गंगाधर पराजुली, रवि रजक, नम्रता काफ्ले खरेल तथा शोभा पाण्डे उत्कृष्ट पाँचको मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट म्यूजिक कम्पनीतर्फ गोरखा चौतारी म्यूजिकत प्रा.लि, एसियन म्यूजिक प्रा.लि, पशुपति म्यूजिक प्रा.लि, कामना म्यूजिक प्रा.लि तथा अम्बिका म्यूजिक प्रा.लि प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु