शर्मिली जप्दैछन् त्रिलोक राना

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७३, मंगलवार

मङ्सिर २८, काठमाडौं । लामो समय गायनबाट हराएका गायक त्रिलोक राना यतिखेर भने शर्मिली जप्दैछन् । करिब ७ वर्षपछि वरदान एल्बम लिएर आएका त्रिलोक राना यतिखेर भने मेरी शर्मिली भन्दै हिंडिरहेका छन् । काँडा छोए फूल बन्छ, धूलो छोए सुन–संसारमा केही छैन दाँज्न तिम्रो गुन, शर्मिली, मेरी शर्मिली भन्दै हिंडेका छन् ।

trilok-rana

गीतकार किशोर थापाको शब्दरचनामा संगीतकार सुनिल मास्केले संगीत दिएको गीत हो काँडा छोए फूल हुन्छ । भाइब्स क्रियशनबाट बजारमा आएको त्रिलोक रानाको वरदान नामक एल्बमभित्रको शीर्ष गीत हो यो । भूपू मायालु, मन पराई तिमीले हत्ते ग¥यौ नि, तिमी जस्तो छैन जस्ता गीतबाट चर्चा बटुलिसकेका गायक रानाको पुनरागमन भएपछि उनको गीत पनि चर्चाको शिखरमा चढ्दैछ । विशाल भण्डारीको निर्देशनमा रहेको म्यूजिक भिडियोमा बेनिशा हमाल र अनिल थापाको अभिनय रहेको छ । काँडा छोए फूल हुन्छ… यतिखेर यूट्यूब,रेडियो, टिभी लगायतका संचारमाध्यममा निकै बज्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु