शितललाई धोका दिएपछि गजित विष्टको विचल्ली (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

भाद्र २७, काठमाडौं । संसारको सबैभन्दा भाग्यमानी मानिस को होला? सायद, जसले अन्तरात्मादेखि मन पराएको मायालु पाएको छ त्यो नै संसारको सबैभन्दा भाग्यमानी मानिस हो। तर बिच बाटोमा कांडा देख्दा टेक्ने मन छैन धोका दिने निष्ठुरीलाई देख्नै मन छैन, माया मेरो अधुरो भो कहानि लेख्नै मन छैन। मान्छेको मन कर्कलाको पातको पानी रहेछ, कहिले पनि स्थिर रहन नसक्ने। उसैले त हो मलाई छोडेर अर्की सँग हिंडेको फेरी उसैलाई सम्झेर यो मनमा कती पिर र पिडालाई संगाली राख्ने । यसरी मेरो जिन्दगी कतीन्जेल चल्छ यस्तै कुराहरु मनमा खेलीरहँदा त घृणा जागेर आउछ। तर के गर्नु दिन पछि रात त अबश्य आईहाल्छ त्यो त प्रकृतिको नियमनै थियो। घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको हरपल बिर्सन चाहान्थे, जिउँदै पलपलमा किन मर्न नपरोस तर उस्लाई पनि मलाई जस्तै हरपल पिडा दिन्छु भन्ने सकल्पका साथ  मन मिल्ने साथी मार्फत धोका दिने निष्ठुरीलाई आफुलाई दिएको पिडाको महसुस गराइ जित हसिल अबश्य गर्छु भन्ने अझै मन मस्तिकबाट हटाउन सकेको थिइनन् र तेसै गरिन् ।

यो दृस्य आर सि कोइरालाको परीकल्पनामा गीतकार क्षितिजले लेख्नु भएको गीतको शूटिङ मा देखिएको दृस्य हो। चर्चित म्युजिक भिडियो निर्देशक बिकास घले गुरुङले निर्देशान् गर्नु भएको यस म्युजिक भिडियोलाई बबिन दुलालले छायान्कन गर्नु भयको छ। चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत भर्नु भएको गीतलाई अहिलेकी चर्चित गायिका मिलन आमात्यले आवाज दिनु भयको छ। मोडेल तथा कलाकार सीतल आचार्य, चर्चित नायक गजित बिष्टको साथमा मोडेल मिराज कोइराला तथा बाङ्लादेशकी मोडेल अन्नन्य चौधरीले म्युजिक भिडियोमा अभिनय गरेका छन्।

म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु