सन्दिप र देबिकाले काठमाण्डौमा घर छ भनेपछि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७३, बुधबार

sandip-neupane-debika-kcकाठमाण्डौ, १५ मङ्सिर । पछिल्लो समयका चर्चित गायक सदिन्प न्यौपाने र गायिका देबिका केसीले ‘गाउँ घरमा मेरो नै चर्चा छ, एक महिनाको दुई–चार लाख खर्च छ,, काठमाडौं मा घडेरी…’ भनेर सार्वजनिक भएका छन् ।

समाजको यथार्थ घटनालाई चित्रण गरिएको ‘काठमाण्डौमा घर छ’ बोलको गीतमा यस्तो भाव सार्वजनिक गरेका छन् । फरक शैलीमा तयार पारिएको चर्चित लोकदोहोरी गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको ‘काठमाडौंमा घर छ‘’ बोलको गीत बजारमा आएको छ ।

आशिष म्युजिक प्रालिको प्रस्तुति ‘काठमाडौंमा घर छ‘’ गीतलाई हालसालै सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको गायिका केसीले नरेश खाती शब्दरसंगीत रहेको गीतमा गायिका केसी र सन्दिप न्यौपानेले स्वर दिएका छन् । उत्पादक बितरक आशिष म्यूजिक प्रालि रहेको गीतमा आरुसीरएस गौतम र अमृतको अभिनय देख्न पाइन्छ ।

राजेश घिमिरेको छायांकनमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् भने सम्पादन नबिन घर्तीमगरको रहेको छ । दृश्य निर्माण कार्य कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्ग गरेको छ ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु